पोखरामा आन्दोलनकारीको घेरामा पर्यो प्रहरी चौकी !


पोखरा पुम्दीभुम्दीकी १० वर्षीया श्रीया विकको हत्यारालाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा बुधबार नाराबाजी भइरहेको छ ।श्रीयालाई बलात्कारपछि हत्या भएको भन्दै हत्यारालाई कारवाहीको मा गर्दै प्रदर्शन भएको हो । कारवाहीको लागि दबाव स्वरुप अहिले जिल्ला प्रशासन कार्यालय अघिल्तिर स्थानीयवासी, मानव अधिकारकर्मी लगायतले नारावाजी गरिरहेका छन् । स्थानीयहरुले बलात्कारीलाई फासी दिनुपर्ने भन्दै नारावाजी समेत गरेका छन्।

प्रहरीले भने अभियुक्त आशंकामा स्थानीय एकजनालाई बुधबार बिहानै पक्राउ गरिसकेको बताएको छ । अनुसन्धानको लागि पक्राउ गरिएकोमा ती व्यक्तिको नाम प्रहरीले खुलाएको छैन ।

कन्चनपुरमा निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै आन्दोलन चलिरहँदा यता पोखरामा मंगलबार हत्या गरिएकी श्रेया विकको हत्यारालाई तत्काल कारवाही गर्न माग भएको हो।

 

प्रकाशित मिति   :