राज्य व्यवस्था समितिमा चर्काचर्की, नवराज सिलवालले गृहमन्त्रीलाई भने अधिकार प्रहरी प्रमुखलाई दिनुस


काठमाडौं–बुधावर  संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरुले गृहमन्त्री राम बहादुर थापा  र प्रहरी प्रमुख सर्बेन्द्र खनालको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।

प्रहरीमा लामो समय काम गरेर सांसद बनेका  नवराज सिलवालले प्रहरी प्रमुखलाई सम्पूर्ण अधिकार दिन आग्रह गरेका छन् ।

प्रहरी माथी राजनीति हावी हुदा सक्षम प्रहरी प्रमुख समेत निरिह बन्ने अवस्था आएकोले प्रहरी प्रमुखलाई जिम्मेवार बनाउन सरुवा, बढुवा, कारबाही गर्ने सम्पूर्ण अधिकार उसमा  हुनुपर्ने उल्लेख गरे ।

सर्बेन्द्र खनालको प्रशंसा गर्दै सिलवालले भने उहालाई सम्पूर्ण अधिकार दिनुस कडा मेहनत गर्छन प्रहरीलाई सहि बाटोमा हिडाउन सक्छन त्यसको लागी अधिकार दिनु आवश्यक छ ।

कन्चनपुरका एसपी डिल्लीराज बिष्ट ठीक छैनन भन्दाभन्दै कुन सांसदले भनेर त्यहाँ राखियो त्यसको जवाफ कसले दिन्छ उनले प्रश्न गरे ।

 

प्रकाशित मिति   :