नेपाल क्रिकेटको डिभिजन टु मा घटुवा


पाल क्रिकेटको डिभिजन टु अर्थात दोश्रो श्रेणीमा घटुवा भएको छ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल र हङकङ्गको दोश्रो खेल रद्द भएपछि नेपाल एक तह घटुवामा परेको हो । यो घटुवा पछी पनि नेपालको विश्वकप खेल्ने सम्भावना भने कायमै छ । अब नेपालले डिभिजन टुको शीर्ष दुई देशमा पर्न सके विश्वकपका लागि छनोट हुनेछ ।  डिभिजन टु को खेल सन् २०१८ को फेब्रुअरिमा नामिबियामा हुनेछ । सामुद्रिक आँधीका कारण आइतबार हुन नसकेको खेल सोमबारको रिजर्भ डे मा सारिएको थियो तर सोमबार पनि पानी परेर मैदान हिलो भएपछि खेल रद्द भएको हो ।

खेल रद्द भएसँगै दुवै देशले एक एक अंक बाँडेका छन् । यससँगै नेपालको डिभिजन वानको शीर्ष ४ मा रहँदै विश्वकपमा छनोट हुने सम्भावना भने सकिएको छ । नेपालले च्याम्पियनसिपमा अव युएइसँग २ खेल खेल्न बाँकी छ ।

प्रकाशित मिति   :