भारतीय अभिनेत्री श्रीदेवीको मृत्यु हृदयाघातका कारण नभई यसकारण भएको खुल्यो रहस्य


चर्चित भारतीय अभिनेत्री श्रीदेवी कपूरको मृत्यु दुर्घटनावश पानीमा डुबेर भएको दुबईमा गरिएको शवपरीक्षणमा देखिएको छ।

होटलको कोठामा बाथटबमा अचेत भएपछि डुबेर उनको मृत्यु भएको शवपरीक्षणको विवरणमा उल्लेख छ।

यसअघि उनको मृत्युको कारण हृदयाघात भएको बताइएको थियो।

उनी आफन्तको विवाह समारोहमा सहभागी हुन सपरिवार यूएईको दुबई गएकी थिइन्।

पाँच दशकको अवधिमा श्रीदेवीले झन्डै ३०० वटा चलचित्रमा अभिनय गरेकी थिइन्। तीमध्ये मिस्टर इन्डिया, चाँदनी, चालबाज र सदमा चर्चित छन्।

प्रकाशित मिति   :