प्रदेश ५ का स्थानीय तहका पदाधिकारीको तलब तोकियो, कसको तलब कति (सुची सहित)


 फागुन २१, बुटवल । प्रदेश ५ का मुख्यमन्त्रीले फागुन २७ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।

संविधानको धारा १६८ -४) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्छ । वाम गठवन्धनका तर्फबाट एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल मुख्यमन्त्री छन् । पोखरेल फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले विश्वासको मत लिनेसहित चारवटा निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।

 

स्थानीय तहका पदाधिकारीका लागि मासिक तलब र सदस्यहरुका लागि भत्ताको व्यवस्था गरिएको छ । तर, के कति व्यवस्था गरिएको छ भन्ने उनले खुलाउन चाहेनन् । ‘२७ गते वस्ने प्रदेश सभा बैठकमा थाहा हुन्छ, अहिल्यै सार्वजनिक नगरौं’ प्रवक्ता चौधरीले भने ।

जनप्रतिनिधिहरुको तलव भत्ता न्यूनतम २० हजार रुपैयाादेखि अधिकतम ४१ हजार रुपैयाासम्म तोकिएको छ । तर, मुख्यमन्त्री शंकर पोखरेलले निर्णय सार्वजनिक नगर्न मन्त्री तथा कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

मन्त्रिपरिषद्को बैठकले प्रदेश आर्थिक कार्यविधि स्वीकृत गरेको छ भने प्रदेश प्रवेश गर्ने सबै नाकाहरुमा प्रदेशका महत्वपूर्ण र ऐतिहासिक स्थल/सम्पदाको तस्वीरसहितका होर्डिङ बोर्डहरु राख्ने निर्णय भएको छ ।

बैठकले मुख्य न्यायाधीवक्ताको सपथको ढांचा पनि स्वीकृत गरेको छ । प्रदेश मुख्य न्यायाधिवक्तामा ठाकुरप्रसाद डीसीलाई नियुक्त गर्न मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश प्रमुखलाई सिफारिस गरिसकेका छन् ।

प्रकाशित मिति   :