यसरी भयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना (भिडियो सहित)


फागुन २८, काठमाडौँ । त्रिभुवन विमानस्थलमा युएस–बंगल एयरलायन्सको विमानमा लागेको आगो नियन्त्रणमा आएको छ। आगो नियन्त्रणमा आएपछि अहिले विमानबाट यात्रुहरुको उद्धार सुरु गरिएको छ।

आगलागीबाट विमान क्षतिग्रस्त भएका कारण ठूलै मानवीय क्षति भएको हुनसक्ने अनुमान गरिएको छ।

उक्त विमानमा अन्दाजी ७६ जना यात्रु रहेको र अहिलेसम्म १४ जनाको उद्धार भइसकेको विमानस्थलका अध्यागमन प्रमुख होमनाथ थपलियाले बताए।

दुर्घटनास्थलमा सञ्चारकर्मीहरुलाई जान रोक लगाइएको विमानस्थलमा रहेका सञ्चारकर्मीहरुले जनाएका छन्। उनीहरुका अनुसार अहिले उद्धार कार्य जारी रहेको र घाइतेहरुलाई एम्बुलेन्समा राखेर विमानस्थल नजिकैको काठमाडौँ मेडिकल कलेजमा लगिएको बताइएको छ।

प्रकाशित मिति   :