भर्खरै आयो विमान दुर्घट्नाबारे दुखद खबर २० को शव निकालियो ,उद्दार कार्य जारी


फागुन २८, काठमाडौँ । यूएस बंगला विमान दुर्घट्नामा हालसम्म २० जनाको शव निकालिएको छ भने १२ जनालाई उपचारका लागि उद्दार गरेर पठाइएको छ ।

स्रोतका अनुसार शवलाई अहिले दुर्घट्नास्थलबाट निकालेर नजिकैको रनवेमा राखिएको छ । घाइतेहरुलाई नजिकैको काठमाडौं मेडिकल कलेज, नर्भिक अस्पताललगायतमा उपचारको लागि लगिएको छ ।

विमानमा ७६ यात्रु रहेको बताइएको छ । उद्दार कार्य जारी छ । घटनाको पूर्ण विवरण आउन बाकि नै छ ।

प्रकाशित मिति   :