दाङमा बालिकालाई बलात्कार गरेको अभियोगमा एकजना व्यक्ति पक्राउ


फागुन २८, दाङ। दाङमा एकजना सुस्त मनस्थिति भएकी बालिकालाई बलात्कार गरेको अभियोगमा एकजना व्यक्ति पक्राउ परेका छन् ।

सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ निवासी ५५ बर्षीय बाबुराम पुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

२०७३ साल भदौ २६ गते पुरीले सुस्त मनस्थिती भएकी एकजना १४ बर्षीया बालिकालाई बलात्कार गरेको र त्यसयता फरार रहँदै आएकोमा आइतवार पक्राउ परेको ईप्रका तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिए ।

अभियुक्त पुरीलाई आइतवार प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ विजौरीमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जानकारी दिएको छ । पक्राउ परेका पुरीलाई आवश्यक कारवाहीका लागि दाङ देउखुरी जिल्ला अदालत घोराहीमा सोमवार नै पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति   :