टिप्स

गरिबले मात्र पढ्ने मानसिकता भत्काउन सरकारी कलेज पढ्छुः करिश्मा

नायिका करिश्मा मानन्धर ‘एसइई’ को परीक्षामा पास भएकी छिन्। उनले ‘बी प्लस’ ग्रेड ल्याएकी छिन्।

पास भएपछि सरकारी स्कुलमा पढ्ने नायिका मानन्धरले बताइन्। उनले सेतोपाटीसँग भनिन्, ‘सरकारी कलेजमा जान्छु। सरकारी पढाइ पनि नराम्रो छैन भनेर म समाजलाई सन्देश दिन चाहन्छु।’

सरकारी स्कुल भन्ने वित्तिकै गरिबले पढ्ने भन्ने मानसिकता अझैं रहेकाले त्यसलाई आफूले भत्काउन चाहेको बताइन्।

उनले भनिन्, ‘म पनि राम्रो-राम्रो कलेजमा जान सक्छु। तर म जान्न।’

‘प्लस टू’ मा मानविकी लिएर पढ्ने धोको रहेको उनले बताइन्। उनले भनिन्, ‘म धेरै राम्रो विद्यार्थी पनि होइन। मलाई कुनै डक्टर इन्जिनियर त बन्नु छैन। सामाजिक काम गरिरेहको हुनाले त्यस्तै विषय पढ्छु।’

यो पनि पढ़नुहोस

वर्षाको जवाफ

चलचित्र जात्रै जात्राको विशेष प्रदर्शनका लागि अष्ट्रेलिया पुगेका बेला अभिनेत्री वर्षा राउतले लगाएको पहिरन सामाजिक सञ्जालमा ट्रोल नै भयो । आफ्नो पहिरन ट्रोल भएपछि वर्षाले त कुनै प्रतिक्रिया जनाइनन्, तर उनका श्रीमान् अभिनेता संजोग कोइरालाले भने वर्षाकै समर्थन गरे । चलचित्रको सफल प्रदर्शनपछि वर्षा काठमाडौं फर्किइन् र जात्रैजात्राको विशेष प्रदर्शनीमा सहभागि भइन् ।
त्यसक्रममा उनले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उक्त पहिरन तथा ट्रोलका बारेमा कुनै पनि प्रतिक्रिया जनाउनु उचित नभएको बताइन् । ‘मैले त्यो पहिरनमा आफूलाई सहज महसुस गरेकी थिएँ । मेरा वरिपरि भएका मानिसहरूलाई समेत त्यसबाट कुनै समस्या थिएन । मेरो परिवारलाई समेत त्यसमा कुनै समस्या छैन ।

मलाई माया गर्ने दर्शकहरूलाई समेत पनि यसमा कुनै समस्या छैन भने मैले त्यो विषयमा किन बोल्ने, वर्षाको भनाइ छ— ‘मलाई उक्त प्रसंगमा जवाफ दिन आवश्यक लागेन ।’ यद्यपि वर्षाले ऊक्त ट्रोलका कारण व्यत्तिगत जीवनमा भने फरक परेको धारणा व्यक्त गरिन् । ‘आफूलाई मन परेको पहिरन लगाउने स्वतन्त्रता सबैमा हुन्छ, वर्षाको भनाइ छ— ‘आफूलाई जे मन लाग्छ त्यो लगाउनुहोस्, दुनियाँको कुरा नसुन्नहोस् ।’

साम्राज्ञीको फण्डा

अभिनेता अनमोल केसीले हालसम्म कुनैपनि अभिनेत्रीसँग दोहोर्‍याएर काम गरेका छैनन् । ठीक त्यसैगरी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि हालसम्म कुनै पनि अभिनेतासँग दोहोर्‍याएर काम नगरेको कीर्तिमान कायम गरेकी छिन् ।

अनमोलसंगै चलचित्र ड्रिम्समार्फत रजतपटमा उदाएकी साम्राज्ञीले चलचित्र ‘मारुनी’ सम्म आइपुग्दा हरेक चलचित्रमा नयाँ अभिनेतासँग अन स्क्रिन रोमान्स गरेकी छिन् । साम्राज्ञीले ए मेरो हजुर–२ मा सलिनमान बनियाँसँग अभिनय गरेकी थिइन् भने इन्टु मिन्टु लण्डनमाका लागि धीरज मगरसँग उनको जोडी बाँधिएको थियो ।

चलचित्र तिमीसँगमा उनले आकाश श्रेष्ठसंग अनस्क्रिन रोमान्स गरेकी थिइन् भने चलचित्र ‘कायरा’ मा उनलाई आर्यन सिग्देलको साथ मिल्यो । चलचित्र ‘मारुनी’ मा उनलाई अभिनेता पुष्प खड्काको जोडीको रुपमा देख्न पाइनेछ । हाल छायांकनमा रहेको चलचित्र ‘रातो टीका निधारमा’ मा उनी नयाँ अनुहार अंकित शर्मासँग रोमान्स गर्दै छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *