फोटो फिचर

अनामनगरमा अनौठो कपडा बैंक (फोटो फिचर)

अनामनगरमा केही युवाहरु मिलेर अनौठो तर सेवामुलक कार्य गरेका छन । ‘हन्ड्रेड ग्रुप’ नामक फेसबुक ग्रुपका युवाहरूले कपडा बैैंक खोलेर  सामाजिक कार्यको थालनी गरेका छन् ।

अनामनगरमा  पुरानो कपडाको ‘बैंक’ राखेर सेवा मुलक सो कार्यको थालनी गरेका हुन् ।

लगाउन मिल्ने पुराना कपडा तथा जुत्ताचप्पल जोसुकैले र्‍याकमा छोडेर जान सक्छन् । अनाथ तथा गरिब व्यक्तिले त्यस्ता कपडा सित्तैमा लिएर जाने गरेका छन् ।

तस्बिर : सुनिता डंगोल/अन्नपूर्ण पोष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *