मनोरञ्जन

शान्तिश्रीका सहोदर दिदि-बहिनिको तिज गित ‘चनमती’ [भिडियो सहित]

साउन १०, काठमान्डौ । चर्चित गायिका शान्तिश्री परियारको सन्देश मुलक तिज गित ‘फुलमती-चनमती’ सार्बजानिक भएको छ । बोलमाया र गलबन्दी जस्ता चर्चित गीतमा आवाज दिएकि शान्तिश्रीको यस अघिको संदेश मुलक गित ‘छोरी’ पनि निकै रुचाइएको थियो ।

उनको प्रस्तुति शैली नै चेतना मुलक बन्दै आएको छ । उनले निर्माण गर्ने गीतहरु प्राय: अन्याय, अत्याचार, असमान्ता, थिचो मिचो र बिकृती-विसंगतिका बिरुद्द हुन्छन । पश्चिमा संस्कृति भन्दा पृथक रहेर सामाजिक विसंगतिका बिरुद्द प्रगतिशील धारका गीतहरु निर्माण गर्दै आएकी शान्तिश्री आम दर्शक बीच सचेतक कलाकारको रुपमा स्थापित हुँदै आएकी छिन ।

भाबरसमा निर्मित फुलमती र चनमती तिज गितले पनि थिचोमिचो भेदभाबलाई उजागर गर्दै समानताको संदेश दिएको छ ।

गितमा शान्ति श्री परियार, ज्ञानु परियार र गायक खेम सेन्चुरीको आवाज रहेको छ । चर्चित मोडेल अन्जली अधिकारि र शान्ति श्री परियारको अभिनय रहेको छ ।

नेत्र अर्यालको शब्द रहेकाे गीतमा गायक सेन्चुरी आफैँले संगीत भरेका छन् । मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतलाई कृष्ण विकले एरेन्ज गरेका हुन् । गीतकाे भिडियाे दुर्गा पौडेलले खिचेका हुन् ।

हेर्नुहोस भिडियो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *