Uncategorized

रबि लामिछानेका बिरुद्ध लाग्नेहरुलाई खोरमा हाल्न नपरोस् !

ज्वाला संग्रौला 

पत्रकार सालिकराम पुडासैनिको मृत्युको बिषयसलाई लिएर रबि लामिछानेको बारेमा अनर्गल प्रचार गर्ने खुफियाबाट प्रचालित दुई कौडीका अनलाईन र रबिलाई जिन्दगीभर खेद्न पछि परेका धर्तीका बोझहरु खबरदार, क कस्ले नकारात्मक स्टाटस हान्छस् र आण्डुपाण्डु कमेन्ट गर्छस् नि तेरो एक एक हुलिया सिआईबीलाई टिपाएर खोरमा हाल्नु नपरोस् !

रबि दाईको बारेमा भ्रम फैलाउने यो दैनिकी नामक अनलाईनका पवित्रा मुडभरी र माधवप्रसाद तिवारीलाई तुरन्त पक्राउ गरि दुईचार कोर्रा हान्नु पर्ने भो१ चितनवनका डिएसपीले पुडाशैनीको मोबाईल अफ रहेको र यस्तो अवस्थामा कुनैपनि रेकर्ड बाहिर नआएकोले अनावश्यक हल्लाको पछि नलाग्न चेतावनी दिइ सकेको अवस्थामा देशद्रोही दलालहरु भने यहि अनलाईनको समाचार जानी जानी सेयर गरेर बसेका छन्। यस्ता गिरोहहरुलाई निरुत्साहित पार्न देशको भलो चाहने सम्पुर्ण न्यायप्रेमी ,सच्चा र असल नागरिकहरुलाई बिनम्र अनुरोध गर्दछु।

निर्मल पन्त बारे

खेम भण्डारी भन्ने पत्रकार सर झुट, घमण्ड, इगो र पागलपनाको भण्डार हुनुहुदो रहेछ।रबि लामिछानेलाई केटाकेटी सम्झेर ए भाई पत्रकारिता सिक भनेर अघिल्लो अन्तरबार्तामा कुर्लिँदै हुनुहुन्थ्यो तर सीधा कुराको स्टुडियो भित्र नराम्रो सँग घोक्रेठ्याक खाएर पछारिनु भो। बिचराले सोचेको पनि थिएन होला जिन्दगीमा मेरो यति ठूलो बेइजत हुन्छ भनेर!

हिरो बन्ने सपना एकैछिनमा जिरो भयो। कानुनलाई क़ब्ज़ा गर्न खोज्ने, सारा जनतालाई स्टाटस लेखेर उराल्ने , अनुसन्धानलाई पाईला पाईलामा भाँजो हाल्ने र घटनालाई अतिरन्जित गरि निर्मलालाई न्याय पाउनबाट बन्चित गराउने खेम सरलाई हिजोको कार्यक्रम हेरेर कन्चनपुरका जनताले नै अब चाँडै कालोमोसो दलेर घुमाउने छन् , Wait and see!!

तर एक अर्थमा खेम सर भाग्यमानी हो किनकी यति धेरै झुटको पुलिन्दा भैकन पनि News 24 को स्टुडियो टेक्न पाउनु भो, फ्रिको खाना खानु भो, प्लेन चढ्नु भो तर उपलब्धी शुन्य ..! नत वहाँले VVIP हत्यारो नै प्रमाणित गर्न सक्नु भो नत तार्किक जबाफ नै दिनु भो! एक बर्षसम्म निर्मलाको हत्यारा पत्ता लाग्न नसक्नुमा वहाँकै हात छ। खेम सरमाथी कडा छानबीन होस्, यो मेरोमात्र माग होइन,निर्मलाको न्यायका निम्ति शहिद भएका , घाईते भएका र सत्यतथ्य बुझ्न चाहने ३ करोड नेपालीको आवाज हो..!

रबि लामिछानेलाई जित्न खोज्नु मुर्खता हो खेम सरले, किनकी न्यायको निम्ति को लडेको र न्यायको गला कस्को कलमले रेटेको छ आम जनताले राम्रोसँग बुझेका छन् । यो घटना यतिकै एउटा पत्रकार भनाउँदोले मनपरि लेखेको भरमा सामसुम पारिनु हुन्न! समाज र देशलाई अन्यौल र अराजकताको चक्रब्युहमा फसाउन खोज्ने क़लमवीर खेमसर माथी सुक्ष्म रुपले खानतलासी र अनुसन्धान गर्न म नेपाल सरकार समक्ष बिनम्र अनुरोध गर्दछु..!
जय स्वाभिमान !

000

भ्रष्टचारका कुरा

गरिबि उन्मूलन गर्छु, जनताको गाँस बास र कपासको ब्यवस्था गर्छु, नागरिकको स्वास्थ्य शिक्षाको ग्यारेन्टी गर्छु , बेरोज़गारी हटाउँछु , रेल कुदाउँछु, जहाज चलाउँछु, चन्द्रमामा रकेटै छोड्छु, समग्रमा देशलाई सिंगापुर बनाईदिन्छु भन्दै गरिब जनताको भोट बटुलेर देशको टाउकोमा पुगेका केपी र प्रचण्डले आफ्नै देशमा जाबो एउटा राम्रो अस्पताल सुद्द बनाउन नसकेर उपचारका नाममा देशको करोडौं धनराशी फोकटमा स्वाहा पार्दै महिनै पिच्छे बिदेश छिर्ने अनि गरिब जनताहरु रोग, भोक , अभाव र गरिबीले तड्पिएर मर्नु पर्ने यो कस्तो बिडम्बना हो मेरो देशको? आज उपचार गर्ने पैसा नभएर जीवन मरणको दोसाँधमा उँभिएका हजारौं बिरामीहरु बाँच्ने झिनो आशा लिएर हामीलाई म्यासेज गर्छन् बचाईदिनुस् भन्दै!

कहिलेसम्म हामीले अभियान चलाएर बचाउँदै हिँड्नु ? बिरामी बचाउन अभियान, अस्पताल बनाउन अभियान, भुकम्प पीडितका घर उँभ्याउन अभियान, रंगशाला बनाउन अभियान,प्राकृतिक बिपतिमा अभियान,बिदेशमा फसेका , दलालबाट लुटिएका , सडकमा अलपत्र परेर बेसाहारा भएका यी सबका सब देशभित्रका दुखहरुका अभियान सामाजिक अभियन्ताले चलाईरहने अनि देशका शोषकहरु भने हाम्रै पसिनाको करबाट उठेको तलब भत्ता हसुसेर देश लुट्दै आफ्ना सातपुस्ते वारेसहरुले समेत बसिबसि खान पुग्ने सम्पति जोडेर मोजमस्तीमा रमाउने?

आजभोलि त फेशबुक खोल्यो कि लगातार अभियान मात्रै देख्छु! मैले पनि आजसम्ममा जम्मा ३ वटा अभियान चलाएँ तर यो महसुस भएको छ कि जति अभियान चलायो, त्यति बिरामी बढ्दै गए, समस्या झन् झन् बिकराल हुँदै गए। त्यसमाथी पनि सामाजिक अभियन्ताहरुको नै आपसमा लडाईँ , हानथाप,आरोप प्रत्यारोप ! पैसा उठाएर हिरो पल्टिने भन्ने भेडाहरुको अर्को ठूलो जमात,,!

लगातार अभियान चलाएर रकम पारदर्शी नगर्ने र यसैबाट नाफा खोज्ने नक्कली समाजसेवीहरुको कुरुप अनुहार अनि यस्तै परिस्थितिबाट फाईदा उठाएर समाजमा लामो समयदेखि निरन्तर खटेर आफ्नो समय खर्चेर पीडितको सेवामा लागेका सच्चा समाजसेवीलाई बिबादित बनाउने चक्रब्युहले गर्दा समाजसेवा पनि बिबादित र दुर्गन्धित भैसक्यो! अब चन्दा उठाएर समाजसेवा गर्ने काम बन्द गरौं।यी गरिब जनताको सारा औषधी उपचारको जिम्मा सरकारले लिनु पर्छ, स्कुल भवन, रंगशाला, अस्पताल यी सब कुराको जिम्मा सरकारका भुस्तिघ्रे डनहरुले लिनु पर्छ! बिरामी कुन जिल्लाको हो त्यहाँको स्थानिय सरकारले उस्को आर्थिक अवस्था हेरी सम्पुर्ण औषधीमुलोको जिम्मा लिनुपर्छ, बन्दै गरेको धुर्मुसको रंगशालाको लागि २ अरब केपी र प्रचण्डले छुट्याउँनु पर्छ! सामाजिक अभियन्ताहरुले अब आफूले अभियान हैन आवाज उठाऔँ।सरकारलाई दबाब डालौं। यत्रा केन्द्रीय, प्रदेश र स्थानीय गरि तीनटाउके सरकारको गठन गरेको आफू मन्त्री भएर देश चिथोर्न मात्रै हो कि जनताको सेवा गर्न पनि हो ?

यदि सरकारका हनुमानहरुले नागरिकको स्वास्थ्य शिक्षाको ग्यारेन्टी लिँदैनन् र आफूमात्र चिल्ला गाला हल्लाउँदै पटक पटक देश दोहन गरेर आधा संसार घुम्छन् भने यिनीहरुलाई सेनाको सहयोगमा जनताले नज़रबन्द गरी जेल कोच्नु पर्छ, यिनीहरुको सब सम्पति जफत गरि राष्ट्रीय कोषमा जम्मा गर्नु पर्छ, यिनीहरुले चढ्ने भिआइपी गाडी बेचेर देशमा स्कुल बनाउनु पर्छ , कम्पनी हरु निर्माण गर्नु पर्छ। बेरोजगार युवाहरुलाई रक्सी र पाडाको साँप्रो खुवाएर पार्टीको झण्डा बोकाउने हैन रोजगारीका अवसरहरु प्रदान गर्नु पर्छ।

देशको स्थिति राम्रो बनाउन बिदेश पढ्न गएका दक्ष नेपाली नागरिक हरुलाई देश फिर्ता बोलाएर उनीहरुको दक्षता, क्षमता र सीपलाई देशको निम्ति लगाउन आव्हान गर्नु पर्छ। प्रहरी प्रशासन र कानुनलाई राजनैतिक हस्तक्षेपबाट बाहिर राख्नुपर्छ। छोरीचेलीको सुरक्षाको लागि गाउँ गाउँ टोल टोल दिन र रात गरि सिफ्ट मिलाएर गस्ती प्रहरीहरु खटाउनु पर्छ! प्रहरीको काम चौकीमा बसेर बर्दी भिरेर दिनभरि कुर्सीमा निदाउने मात्र हैन देशको सेवामा खटिनु पनि हो।यी नालायक कमिना नेताहरुको भन्दा बरु आर्मी पुलिसको तलब बढाउनु पर्छ र रास्ट्रप्रति बफादार , बर्दिप्रति इमानदार बनाउनु पर्छ। यदि मेरो कुरामा सहमत हुनुहुन्छ भने आउनुहोस् हामी जनसरकार गठन गरौं। म भोलि नै नेपाल फर्कने छु। मसँग त्यति धेरै खुबी र दक्षता नभए पनि यदि गृह मन्त्रालयमा एउटा चिया पकाउने पियनको जिम्मेवारी पाए भने पनि दश दिनमा दश भ्रस्टचारीहरुलाई कठालामा समातेर सडकमा बजारिदिन सक्ने क्षमता चाहि राख्छु। के छ बिचार ??
#म_बोल्छु

000

सामाजिक सेवा

आज बिनोद रानाभाट बचाऊ अभियानबारे थोरै लेख्नुपर्ने भो। भारतीय नागरिकको हत्या गरेको अभियोगमा जेल परेका चितवनका २२ बर्षिय बिनोद रानाभाटको उद्दारको निम्ति कतारको कानुनले तोकेको ८२ लाख रुपैया जम्मा गरि उनलाई देश फर्काएर उनका बुबा आमाका आँसु पुछ्नका लागि विश्वभरि छरिएर रहनु हुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले जुन किसिमको आर्थिक र नैतिक समर्थन गरि आवस्यक रकम समय भन्दा अगाडि नै जम्मा पार्न जुन किसिमको प्रेरणादायी भूमिका खेल्नु भो, त्यसको लागि म बिनोद बचाऊ अभियानको एक अभियन्ताको तर्फबाट धेरै धेरै धन्यबाद दिन चाहन्छु र म मार्फत जोडिनुहुने सबै सहयोगी मनका धनीहरुप्रति हार्दिक आभार पनि ब्यक्त गर्न चाहन्छु।

हामी सबैको संयुक्त प्रयासबाट यति छोटो समयमा ८२ लाख त के एक करोड १९ लाख नै जम्मा हुन पुगेछ। हामीले सुरुदेखि नै बारम्बार भन्दै आएका थियौं की हामी ८२ लाखभन्दा बढि एक रुपैया पनि संकलन गर्ने छैनौ। तसर्थ रकम पारदर्शिताको लागि हाम्रो पहुँच र परिचयले भ्याए जति लगभग १३ देशका अभियन्ता हरुको एउटा टिम बनाएर दिनैपिच्छे पैसाको अपडेट गरिरह्यौं र हाम्रो निगरानी भित्र ८२ लाख उठ्ने बितिकै अभियान बन्द पनि गर्यौं ।

तर हामीसँग नजोडिएका कतिपय संघ संस्थाहरुले पनि बिभिन्न किसिमले सामुहिक घरदैलो कार्यक्रम गरेर होस् या अभियन्ता बनेर संजालमार्फत होस्, पैसा उठाउनु भएको रहेछ जुन कुरा हामीले वहाँहरुले खातामा पैसा जम्मा गरेपछि मात्र थाहा पायौं तसर्थ निरन्तर खबरदारीको बाबजुद पनि चाहिने भन्दा बढि नै रकम संकलन हुन पुग्यो। यसमा हामी यदि कहिँ कतै चुक्यौं भने सहयोगी दाताहरु सबैसँग क्षमाप्रार्थी पनि छौं! तर आजभोलि म देख्दै छु कि यो रकमलाई लिएर केहि मानिसहरु निक्कै सल्बलाई रहेका छन्। कसैले त अभियान कर्ताले मिलेर बाँकी रकम बाँड्ने होलान् भन्दै मनगढन्ते हल्ला फिँजाएर बसेका छन्!

हो, म मान्छु कि यो भन्दा अघिका ब्लड मनिका कैयौ केशहरु बिबादित भए, उभ्रिएको रकम अभियानकर्ताले नै मिलेर झ्वाम् पारे। जग्गा समेत जोड़े अरे। त्यो अर्थमा सकारात्मक तरिकाले निरन्तर खबरदारी गर्नु आवश्यक पनि छ किनकी यो अभियानमा लाखौ श्रमजीवि युवाहरुको दुख, भावना र पसिना मिसिएको छ जस्को एकइन्च पनि दुरुपयोग कसैबाट हुनु हुन्न । तर यसो भनि रहँदा केहि ब्यक्तिहरुले सामाजिक सन्जाल नै फोहोर हुनेगरी हाम्रो नाम राखेर स्टाटस लेखेको देखेर म अचम्म परेको छु, मलाई लाटो रिस पनि उठेको छ।

पैसाको मामिलामा म एकदम होसियार र इमानदार छु भलै म अरु कुरामा छुचो बोल्छु होला। पैसामा बिबाद नआओस् पारदर्शिता होस् भनेर जापानबाट मैले मेरो अकाँउन्ट पनि नचलाई अर्जुन लम्साल दादाको अकाउन्ट मागेर आर्थिक हिसाबको रेखदेख वहाँबाट भयो र नेपाल पठाउने काम पनि वहाँले नै गर्नु भो , म र म मार्फत जोडिनु हुने सहयोगी मनहरुमार्फत ११ लाख १५ हजार रुपैया नेपालमा रहनु हुने अभियन्ता भाई अर्जुन भुंसालको खातामा पुग्यो र वहाँ मार्फत त्यो पैसा समितिको खातामा जम्मा भयो। अन्य देशका अभियन्ताहरुमार्फत उठेको पैसा पनि सोहि अनुरुप समितिको खातामा चढाईयो। त्यो कसैले चारआना पनि सुँघ्न पाएको छैन।

हामी निरन्तर खबरदारीमा छौं! बेलायत बाट आदरणीय इशा दिज्यु हुनुहुन्छ, ओमनबाट सबु सुनुवार दिज्यु , इज़रायलबाट सिमा श्रेष्ठ दिज्यु, शरिन तामाङ दादा ,नेपालबाट अर्जुन भुषाल भाई, शिशिर भण्डारी सर, साथी नम्रता वाग्ले , अमेरिकाबाट हेम थापा दादा , बेल्जियमबाट सुनिता गुरुङ दिज्यु, बहराईनबाट कृष्ण थापा दादा, अफगानिस्तानबाट कमल दिप भट्टराई दादा, कतारबाट सुगन दादा, शेखर क्षत्री दादा, मिलन थापा दादा , कोरियाबाट रामबाबु सेवन सर, यम श्रेष्ठ सर, राज के गिरी दादा यसैगरी तारा केसी दादा हुनुहुन्छ भने धड्कन ग्रुपका धेरै साथीहरु हुनुहुन्छ! सान्ता वालिङ सिस्टर , बिन्दा राई सिस्टर , चिहानकी परि सिस्टर , बिस खम्बु राई सर, बिश्णु पौड्याल दादा , डाक्टर मोहन , निर्मल बराल, राजेन्द्र क्षत्री , हरि बहादुर रानाभाट, राजन श्रेष्ठ , बिनी गुरुङ, अनु साम्पाङ राई र अन्य अभियन्ताको साथमा जापानबाट एचबी ताम्रकार, अर्जुन लम्साल , दिपा घिमिरे र म छौं।

कानुनी प्रक्रियाको लागि कतारबाट आदरणीय सागर नेपाल सर, प्रकाश अर्याल सर र समीर केसी सरहरु आफ्नो तर्फबाट भाईलाई कसरी चाँडोभन्दा चाँडो नेपाल पुर्याउन सकिन्छ भनेर दिनरात भारतीयको परिवार सँग सहकार्य र सम्झौता गरिरहनु भएको छ। हामीसँग कैयौ नामहरु छन् जस्लाई समेटन यहाँ सकिएन! जब हामी यसरी अभियानमा निश्वार्थ रुपले जोडिएर कानुनी जटिलतालाई मध्यनजर गर्दै भाईको लागि खटिरहेछौ भने केहि भाडाका टट्टुहरु किन अभियन्ता मिलेर पैसा खान्छन् भन्दै हाम्रो चरित्र हत्या गर्दै स्टाटस लेख्छौ हँ? तिमीहरु जस्ता समाजका गुहे धमिराको कारण राम्रो र स्वच्छ छबि भएको मान्छे पनि आज बिबादित भएको छ। बन्द गर तिमीहरुको बकबास..! पहिले बिनोदलाई नेपाल पुग्न देऊ😡

अर्को कुरो , यो बिनोद बचाऊ अभियानमा जति पैसा बच्छ, त्यो पैसा यो अभियानका अभियानकर्ता चाहे त्यो म या अर्को जो कोहि होस् उस्ले एकलौटी ढंगले निर्णय गरेर यो पीडित मेरो आफन्त हो , यो मेरो मान्छे हो, यस्लाई यति दिउँ उति दिउँ भन्न पाउँदैन। ४० लाख बच्यो भने 80 जना गरिब र पीडितलाई ५०/५० का दरले दिने कि कसरी दिने त्यो बहसको बिषय बन्नु पर्छ। सुन्दै छु केहि भ्वाइस हरु आएका छन्।

दिनभरी फेशबुक चलाएर दुनिया अभियन्तालाई तङ गर्ने अनि आफ्ना बालबच्चा देखाएर र नाकमा पाईप टाँसेर इमोसनल ब्ल्याकमेल गर्ने देखि लिएर निको भैसकेका बिरामीहरु र आर्थिक अवस्था राम्रै भएका मानिसहरु पनि म पीडित हुँ मलाई १२ लाख दिनु १५ लाख दिनु भन्ने माग गर्दै रहेछन्। यो पैसा कुनै एक पीडितको इमोसनल आशु हेरेर घ्याप्प बाँडिने छैन चेतना भया। हामी आफैं पीडितको पारिवारिक अवस्था र रोगको प्रकृति हेरेर निर्णय गर्ने छौं, बुझ्या हो कुरो? अहिले मेरो दाईको भर्खर जन्मेको एक महिनाको शिशु धरानको घोपामा फोक्सोको समस्यासँग जुधेर आईसियुमा छ। तर म मेरो बच्चाको लागि यो अभियानको थोरै रकम दिनुस् भनेर कदापी भन्दिन किनकी म आफै अलेली कमाएर नेपाल पठाउन सक्छु। म मेरो स्वार्थको लागि एकछिन फाईदा खोजेर ३, ४ लाख मेरो बच्चाको लागि छुट्याउ भन्छु? अँहँ कदापी भन्दिन । किनकी ३, ४ लाख मैले कमाउन सकुंला तर के मेरो इमान इज्जत त्यो तीनचार लाखको मात्र हो? मेरो भनाईको मतलब बुंझ्नु भो नि???

तसर्थ यो अभियानमा कसैले पनि गिद्दे नज़र नलगाउनु, स्वच्छ बन्नु पर्छ बिबाद रहित बन्नु पर्छ, जबाफदेही बन्नु पर्छ , पारदर्शी बन्नु पर्छ। बिना कारण यो अभियानलाई बिथोलेर र गिजोलेर मेरो नाम या अन्य इमानदार अभियन्ताको चाहिँ बदनाम नगर्दिनु होला । मलाई कुनै सम्मान , पद , तक्मा या नाम केहि चाहिँदैन, बस् आफ्नो सम्पतिमा भएको यति नाम बदनाम नहोस्..!

सबैलाई आफ्नो बारे पनि यस्तै सोच्न आग्रह गर्छु। यति हुँदाहुँदै पनि कसैले टेणोमेणो सोचेर अभियानलाई बदनाम गर्छ भने त्यस्को उपचार कसरी गर्नु पर्छ , त्यो मलाई थाहा छ..! हुनत मैले यो अभियानमा धेरै रकम जम्मा गरेको छैन तरपनि म बोल्छु किनकि यो लडाईँ सिर्फ़ पैसाको होईन , इमानको हो, न्यायको हो, इज्जतको हो , र , बिदेशमा दुख गरेर खाई नखाई आफ्नो गाँस काटेर नेपाल र नेपालीको दुखको घाउमा मल्हम लगाउने ती सम्पुर्ण सहयोगी मनहरुको पसिनाको सम्मानको लडाईँ हो !

जय स्वाभिमान !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *