नयाँ अनुहार स्वास्थ्य

हयाप्पी बर्थ डे ‘कृष्ण’ : कति वर्षका भए कृष्ण ?

आज कृष्ण ओलीको जन्म दिन हो । उनि अहिले २२ बर्षमा पाइलो टेकेका छन् । रुपाले आफ्नो प्रियतमको जन्म दिन मुम्बईमा मनाई रहेकी छिन । २१ बर्षको कलिलो उमेरमा आफ्ना दुवै हात र एक खुट्टा गुमाएका कृष्णले यतिबेला मुम्बईमा हात हालिरहेका छन् ।

२२ बर्षमा टेकेका कृष्णलाई जिबन संगिनी रुपा मगर ओलीले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत जन्म दिनको लाखौ लाख शुभ कामना दिएकि छिन । कृष्णको दिर्गायुको कामाना गर्दै उनि प्रतिको माया प्रगाढ रहिरहने बताएकी छिन ।

कृष्णको हात हाल्ने कार्य भैरहेको छ । अहिले उपचारकै क्रममा मुम्बईमा रहेका छन् ।

जन्म दिनको शुभ कामना दिंदै रुपाले पोस्ट गरेका तस्बिर:

०००

यो पनि पढ्नुहोस

कृष्णले कृतिम हात हाले !

दुवै हात र एक खुट्टा गुमाएका कृष्ण ओलीको हात जोडिएका छन् । उनका हात जोडिएको खबर आफ्नो अफिसियल युटुब मार्फत भिडियो सार्बजानिक गरेका छन् । कृष्णको हात हाल्न सफल भएको बताउदै सम्पूर्ण सहयोगी मनहरु तथा नेपाली दाजुभाइ तथा दिदि बहिनीहरुलाई हृदय देखि धन्यबाद दिएका छन् ।

उनीहरुले भनेका छन्, ‘सम्पुर्ण सहयोगी मनहरुमा हृदय देखि धेरै धेरै धन्यबाद दिन चाहान्छु । हजुरहरुको माया र साथको फलस्वरूप आज हात हाल्न सफल भएका छौ ।’

कृष्णले यतिबेला कृतिम हातलाई कसरि चलाउन सकिन्छ भन्ने बारे मुम्बईमा प्राक्टिस (अभ्यास) गरिरहेका छन् । कृतिम हातलाई कसरि कन्ट्रोल गर्न सकिन्छ ? कसरि चलायमान बनाउन सकिन्छ भन्ने बारे त्यस सम्बन्धि बिज्ञ डाक्टरहरुले अभ्यास गराई रहेका छन् ।

कृष्णले आफै स्वयम् कृतिम हातका औलाहरु र हत्केला चलाई रहेको भिडियोमा देख्न सकिन्छ ! उक्त हातको माध्यामबाट साधारण काम गर्न सक्षम हुनेछ ।

आउदो अगष्ट १४ तारिखमा कृष्णको जन्म दिन छ ! सोहि दिन उनको उपचार बारे सम्पुर्ण जानकारी दिने बताएका छन् ! हाल कृष्णको उपचार मुम्बई महाराष्टमा भैरहेको छ ।

रुपा र कृष्णले यस्तो भनेका छन्:

नमस्कार हजुरहरू सम्पूर्ण नेपाली भाषी दाजुभाइ तथा दिदी बहिनीहरूमा आज हजुरहरू, सम्पूर्ण सहयोगी मनहरूमा ह्दय देखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु । हजुरहरूको माया साथको फलस्वरूप आज हात हाल्नको लागि सफल भएका छौँ। पुरा भिडियो यही 14th August कृष्ण ओली जीको जन्म दिन पारेर हजुरहरू सम्पूर्ण समक्ष प्रस्तुत गर्नेछौ प्रतिक्षा गरिदिनुहुन्छ भन्ने आशा राखेका छौँ ।

000

यो पनि पढ्नुहोस

रुपाको सहारामा हिड्ने कृष्ण, आफ्नै खुट्टामा मुम्बई शहर घुम्दै

हातखुट्टा गुमाएर कसैको सहारा बिना हिडडुल गर्न नसक्ने कृष्ण आफ्नै कृतिम खुट्टाले हिड्न सक्ने भएका छन् र यतिबेला रुपासंग मुम्बई घुमफिर गरिरहेका छन् । उनको यो दृश्यले सहयोगी मनहरु हर्सित भएका छन् ।

खासगरी रुपा र कृष्ण लगायत स-परिवार उपचारको शिलशिलामा मुम्बईमा छन् । उनीहरु बिगत साउन पहिलो साता देखि कृष्णका हात हाल्न मुम्बईमा रहेका हुन् ।

उपचारका लागि अझै मुम्बईमा कति समय लाग्छ भन्ने बारे एकिन भएको छैन तर उपचारकै क्रममा रहेको उनीहरुले बताएका छन् । बेलाबखत मुम्बई उपचार बसाईका फोटाहरु आफ्नो सामाजिक संजाल मार्फत पस्किदै आएका छन् ।

कृष्णको खुट्टा जोडिसकेको छ । रुपाको सहारा बिना हिड्न नसक्ने कृष्ण, यतिखेर आफ्नै जोडिएको खुट्टाले मुम्बई घुमिरहेका छन् । अब उनका दुवै हातहरु जोडिने छन् र एकदिन कृष्णका हातहरुले रूपालाई अँगालोमा हालेको दृश्य हेर्न देश बिदेशमा रहेका मनकारीहरु पर्खाइमा छन् । अमुल्य शरीर गुमाएका कृष्ण सपाङ्ग भएको त्यो दिनको पर्खाइमा शुभचिन्तकहरु कुरेर बसेका छन् ।

शुभ चिन्तकहरुको यो मायाको सौगात प्रति हृदय देखि सम्झना गर्दै रुपा र कृष्णले धेरै धेरै धन्यबाद दिंदै आएका छन् ।

000

यो पनि पढ्नुहोस

कृष्णको हातखुट्टा हाली सकेपछी बच्चा जन्माउने योजना

कृष्ण ओली पछिल्लो समयमा निकै चर्चित बनेका व्यक्ति हुन् । उनको दुवै हात र एक खुट्टा छैन । उनको कथा थाहा नहुने सायद कमै छन् होला । कृष्णको हरेक पाइलामा उनकी श्रीमती रुपा ओलीले पनि साथ दिदैँ आएकी छिन् ।

कृष्णको अवस्था पहिले भन्दा केही सुध्रिएको छ । रुपा र कृष्णले आफूलाई सन्तान जन्माउने चाहना भएको केहि दिन अघि बताएका थिए । रुपा र कृष्णले कृष्णको हात र खुट्टा हालिसकेपछि बच्चा जन्माउने योजना बनाउने बताएका हुन् ।

कृष्ण आफैँमा कमजोर छन् तर पनि उनी आफू जस्तै अरु व्यक्तिहरुलाई धेरै सहयोग गर्छन् । उनले बेला बेलामा अनाथ आश्रम लगायत गरिब दुखीलाई सहयोग पनि गर्ने गरेका छन् ।

मुना र मदनको प्रतिक रुपा र कृष्ण

मुना मदन एक कारुणिक काब्य हो जसले मुना र मदनको बिछोडको प्रेम कथाको बर्णन गर्छ। मदन पैसा कमाउनको लागि विदेश जान्छ र फर्कने क्रममा बाटोमा बिरामी हुन्छ। बिरामी मदनलाई बीच बाटोमै छोडेर उसका साथिहरू आउछन र मदनको मृत्यु भएको कुरा भन्छन्। यो कुराले मुनालाई निकै पिडा हुन्छ।

येही पिडा सहन नसकी शोकमै मुनाको मृत्यु हुन्छ।

उता मदनलाई बाटोमा अलपत्र रूपमा एक जना भोटेले फेला पार्छ। उसले मदनको खुबै स्याहार गर्छ (तेस् बेला मदन् यो भन्छ् ” छेत्रिको छोरो यो पाउ छुन्छ घिनले छुदैन,मनिस् ठूलो दिलले हुन्छ जातले हुदैन”) र जब मदन निको भएर घर फर्कन्छ, त्यो बेला उसको परिवार मुना र आमाको मृत्यु भएको खबर सुनेर ऊ मर्माहत हुन्छ। अनि आफु पनि मर्छ ।

यसरि कलियुगमा मुना र मदनको परिचय बोकेका प्रेमको आदर्शको रुपमा परिचित प्रेम जोडी हुन् रुपा र कृष्ण ।

उनीहरुको जिबन कथा पनि निकै दर्दनाक छ । रुपा कृष्णको यो जोडी मायाको प्रतिक हो ! कलियुगमा मायाको पाठशालाको रुपमा ग्रहण गर्न सकिन्छ, जो मुना र मदनको भन्दा निकै ओजपूर्ण देखिन्छ !

स्वर सम्राट स्वर्गीय नारायण गोपालले त्यसै यो गित गाएका होइनन, ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा’।

साँचै रुपाको मायाले कृष्णको जिन्दगीमा फरक पारेको छ । रुपाको निश्चल मायाले कृष्णको जिबन फेरिएको सत्य हो । सायद रुपाको माया अपुरो हुन्थ्यो भने कृष्ण आज आँशुको भेलमा पौडी रहेका हुन्थे । बेसहारा जिबन बाँची रहेका हुन्थे ।

तर एउटा नारीको मायाले आज धेरै फरक पारेको छ । मायाको प्रति मुर्ति हुन् रुपा र कृष्ण । मायामा धोका खानेहरुका लागि रुपा र कृष्णको जिन्दगि एउटा पाठशाला हो ।

रुपा र कृष्णको हाँसो–रोदन (रुपाकृ)

शहरमा अहिले नाटकको रंग चढ्न थालेको छ । सिनेमा घर सुस्ताउँदै गर्दै रंगमञ्चमा भने बहार छाउँदै छ ।

करिब आधा दर्जन नाटकघरले केही समययता विश्राम पाएका छैनन् । एकपछि अर्को नाटकको शृंखला जारी छ । यसैबीच ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ सुरु हुँदैछ, आगामी सोमबारदेखि ।

अहिले भने लागौं, सर्वनामतर्फ । कालिकास्थानस्थित यस नाटकघरमा ‘रुपाकृ’ मञ्चन भइरहेको छ । नाटक कस्तो छ ? प्रस्तुती, कथावाचन, अभिनय कति रसिक छ ? यावत् उत्सुकता मेट्नुअघि नाटकको पृष्टभूमी बुझौं ।

संभवत नेपाली शब्द भण्डारमा ‘रुपाकृ’ को अर्थ भेटिदैन । रुपा र कृष्णको नामलाई समायोजन गरेर नाटकको शीर्षक राखिएको हो ।

वास्तविक पात्रमाथि कथा

रुपा र कृष्ण वास्तविक पात्र हुन् । रुपा मगर र कृष्ण वली केही समयदेखि यूट्यूबमा ‘भाइरल’ छन् ।

विद्युत प्राविधिक कृष्ण र रुपा मगरबीच अन्तरजातीय विवाह भएको थियो । एक फिल्मको छायांकनका क्रममा देखभेट भइरहँदा कृष्ण र रुपाको मन साटियो । उनीहरुले बिहे गरे । तर, राम्ररी दाम्पत्य सुखभोग गर्न नपाउँदै कृष्ण वली जीवन–मरणको दोसाँधमा पुगे, विद्युतीय झट्का लागेर ।

अनेक उपचारपछि उनको प्राण जोगियो । तर, दुई हात र एउटा खुट्टा जोगिएन । उनी शारीरिक रुपले अशक्त भए । यहि मोडमा आइपुगेपछि हो, रुपा र कृष्णवीचको स्वच्छ माया–प्रेम दुनियासामू पुगेको ।

अशक्त श्रीमानप्रति रुपाको त्याग र समर्पण वास्तवमै अनुकरणीय थियो । उनीहरुको प्रेम–गाथा सर्वत्र फैलियो । अन्ततः देश–विदेशका मनकारी नेपालीले कृष्ण र रुपाको अनुहारमा खुसी देख्न चाहे । उनीहरुले स्वतस्फूर्त आर्थिक सहयोग जुटाइदिए । अहिले यो जोडीको अनुहारमा मुस्कान पर्किएको छ । कृष्ण कृत्रिम हात खुट्टाको सहारामा जीवन बाँच्ने आशामा छन् ।

हो, यही कथालाई दुरुस्त उतारिएको छ, रंगमञ्चमा । अत्यन्तै कलात्मक शैलीमा । नाटक हेरिरहँदा कुनै धमाकेदार लभस्टोरी फिल्म हेरिरहेको अनुभूति हुन्छ ।

हो, नाटकलाई केही फिल्मी लेपन दिइएको छ । संभवत रुपा र कृष्ण दुबै फिल्मका सौखिन भएर हुनसक्छ । वा उनीहरुको चिनापर्ची फिल्मको छायांकन हेर्ने क्रममा भएर पनि हुनसक्छ । र, त्यो भन्दा पनि बढी संभावना चाहि, नविन अवाल जोडिएर हुनसक्छ ।

नविन अवाल । खासमा उनले अहिलेसम्म एउटा चलचित्र निर्देशन गरेका छन्, बिजुली मेसिन । तर, यही फिल्मले उनलाई अब्बल निर्देशक भनी चिनाएको छ । नविन यही नाटकमार्फत रंगमञ्च छिरेका छन् । नाटकको स्क्रिप्टदेखि प्रस्तुतीसम्ममा उनको खास हस्तक्षेप देखिन्छ ।

नाटकको निर्देशक चाहिँ रेनुका कार्की हुन् । नविन प्रस्तुतकर्ता । दुबैको सराबरी मेहनत देखिन्छ, रुपाकृमा ।

रुपाकृको सेरोफेरो

नाटक त्यही विन्दुबाट सुरु हुन्छ, जहाँ कृष्ण र रुपाको देखभेट भयो । कथा उनीहरुको प्रेम–रोमान्स हुँदै अगाडि बढ्छ । दुबैको विवाह हुन्छ । वैवाहिक जीवन हासीखुसी वितेको छ । भनिन्छ नि, हासो–खुसी जीवनका क्षणिक पाहुना हुन् । सधै रहँदैन । रुपा–कृष्णको खुसीको आयु पनि लामो समय टिक्दैन ।

विवाह गरेको केही समय बित्न नपाई उनीहरु दुःखद मोडमा पुग्छन् । तर, दुःख पनि त सधै रहँदैन नि ।

जीवन जब दुःख र पीडाको भूँमरीमा फस्न पुग्छ, त्यहाँबाट उम्कनका लागि धैर्यता, साहस र दृढताको खाँचो हुन्छ । खासमा ‘रुपाकृ’ धैर्यता, साहस र दृढताकै कथा हो । आवरणमा यसले प्रेम र समर्पणको कथा भन्छ । यसको गुदी भने धैर्यता र दृढता नै हो । यसले बोक्ने सन्देश भनेको, प्रेम र प्रेरणा हो । अटुट प्रेम र प्रेरणाले जीवनमा सधै उत्साहको दियो बालिरहन्छ ।

संयोगान्त मोडमा टुंगिने नाटक तुलनात्मक रुपमा छोटो छ । नाटक हेर्दाहेर्दै अनायसै ‘ह्याप्पी इन्डिङ’ हुँदा दर्शकलाई कुर्सीबाट उठिहाल्न मन लाग्दैन ।

सवल पक्ष

कृष्ण र रुपाको नाट्य रुपान्तरण घतलाग्दो छ । हुन त यो एक सपाट प्रेमकथा हो । तर, यसलाई निकै बान्की मिलाएर प्रस्तुत गरिएको छ ।

रुपा र कृष्ण भेट भएको, माया प्रेम बसेको, विहे गरेको, नोकझोंक गरेको, दुर्घटना भएको, फेरि प्रेममय जीवनमा फर्किएको । यी सबै दृश्यलाई फिल्मको पर्दामा झै देख्न सकिन्छ । कहिले भावुक बनाउँछ, कहिले रोमान्टिक । मनलाई स्थिर हुन दिँदैन ।

मूल पात्र कृष्ण र रुपा हुन् । कथा पनि उनीहरुको जीवनभन्दा बाहिर छैन । तर, दुई पात्रलाई मात्र उभ्याउँदा त्यति रोमान्चक नहुन सक्थ्यो, जति पृष्ठभूमिमा पात्रहरु पेश गरिएको छ ।

रुपाको भूमिकामा सुनिशा बजगाई र कृष्णको भूमिकामा सुदिपजंग कार्कीको अभिनय औसत छ । कतिपय ठाउँमा अलि नाटकीय लाग्छ ।

यो प्रेमिल नाटकलाई प्राण दिने अर्को तत्व भनेको पाश्र्व ध्वनी हो । उत्सव बुढाथोकीले पाश्र्व ध्वनीमा एकदम मेहनत गरेका छन् । प्रकाश परिकल्पना सुनिल पोख्रेलको हो । प्रकाश परिचालन कृष्ण खड्काले गरेका हुन् ।

खासमा रंगमञ्चमा कथा, पात्र, अभिनय, प्रस्तुतीले जति महत्व राख्छ, त्यसलाई अरु जोडदार बनाउने काम ध्वनी र प्रकाशले गर्छ । नाटक ‘रुपाकृ’ को प्रकाश संयोजन ध्वनी जस्तो जोडदार छैन ।

कमजोर पक्ष

नाटकले चल्तीको कथा उठान गरेको छ । ‘भाइरल’ भइसकेको कथालाई नाट्य रुपान्तरण गरेको छ, त्यसैले आयतित कथा नभए पनि यो दमदार भने होइन ।

यसैले कथाको रहस्यले दर्शकलाई बाँधेर राख्दैन । रुपाकृको चुनौती पनि यही हो । नाटक सुरु भएपछि त्यसपछिका घटनाक्रम कसरी आउँछ, जान्छ सबै दर्शकलाई पहिल्यै थाहा हुन्छ ।

यद्यपि नाटकलाई कथाले मात्र पनि डोहो¥याउने होइन, त्यसको शिल्पले बाँध्ने हो । यस हिसाबले चाहि नाटक ‘रुपाकृ’ हेर्नलायक छ ।

नाटक–रुपाकृ

निर्देशक–रेनुका राई, कलाकार– सुनिशा बजगाई, सुदिपजंग कार्की, सुमन कुईकेल, लकेश राई, मयराम ढकाल, सन्जु क्षेत्री, विपुल थापा मगर, रनिव जोशी, परि शाक्य ।

प्रकाश परिकल्पना– सुनिल पोख्रेल, प्रकाश परिचालन– कृष्ण खड्का, संगीत परिकल्पना– उत्सव बुढाथोकी, कोरियोग्राफर– अर्जुन वि.सि., मन्च परिकल्पना– नेनि सुनुवार, विपुल थापा मगर, मन्च व्यवस्थापन– सुनिशा बजगाई !

Leave a Reply

Your email address will not be published. Required fields are marked *