Uncategorized स्वास्थ्य

हेर्नुहोस तपाइको राशिफल: (भदौ ३,मंगलबार, २०१९ अगस्ट २०)

वि.सं. २०७६ भदौ ३,मंगलबार, इ.स. २०१९ अगस्ट २०, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन,वर्षा ऋतु, ने.सं. ११३९ गुँलागा, भाद्र कृष्णपक्ष, पञ्चमी, २५:३९ उप्रान्त षष्ठी, नक्षत्र– रेवती, २०:१४ बजेउप्रान्त अश्विनी,योग– शूल, १५:३५ बजेउप्रान्त गण्ड, करण– कौलव, १२:५७ बजेदेखि तैतिल, २५:३९ बजेउप्रान्त गर, आनन्दादिमा शुभ योग, चन्द्रराशि– मीन, २०:१४ बजेउप्रान्त मेष, सूर्योदय– ५:३७ बजे, सूर्यास्त– १८:३६ बजे र दिनमान ३२ घडी ७ पला। पञ्चक २०:१४ बजे समाप्ति। बिरुडा पञ्चमी। डाँछीस्थित कोलमती घाटमा स्नान। ललितपुरमा नृसिंह यात्रा (उपाकलँसाया)। सर्वार्थसिद्धि योग २०:१४ बजेदेखि।\

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- विरोधीहरु बढ्ने छन्,चोटपटक लाग्न सक्ने सम्भावना देखिन्छ,नयाँ सवारीसाधन किन्दै हुनुहुन्छ भने नकिन्दानै राम्रो हुनेछ, दाजुभाई सँगको सम्बन्ध त्यति राम्रो देखिदैन,आजको शुभ अंक ५ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –धार्मिक क्रियाकलापबाट मनमा शान्ति मिल्नेछ,शरिरमा छाति सँग सम्बन्धित समस्या आउन सक्ने देखिन्छ,यो साता कालो रङको कुनै पनि कपडा प्रयोग नगर्नाले कुनै नकारात्मक चिजहरु हुँदैन,आजको शुभ अंक ९ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –धार्मिक र सामाजिक कार्यमा सरिक भई सहयोग गर्ने अवसर मिल्नेछ,शिक्षामा सफलता मिल्ने योग छ,यदि तपाईले सरकारी क्षेत्रमा केहि कुराको कोशिस गर्दै हुनुहुन्छ भने राम्रो हुने खालको योग छ,आजको शुभ अंक ६ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)-पढाई लेखाइ एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,प्रेम प्रशंग र व्यवसायमा प्रगती हुनेछ,कुनै नयाँ कार्य गर्दै हुनुहुन्छ भने आमा पिता अथवा माताको नामबाट शुरु गर्नुभयो भने सफलता मिल्ने देखिन्छ,आजको शुभ अंक ५ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –परिवारमा पितासँगको सम्बन्ध खासै राम्रो देखिदैन,उत्तर तर्फको दिशा तर्फ फर्केर जल चढाउँनाले सम्बन्ध राम्रो हुने देखिन्छ,बिदेश जान चाहानेहरुको लागि यो साता राम्रो देखिन्छ,आजको शुभ अंक १२ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –ठुलो दुर्घटना हुन सक्ने अबस्था छ,धार्मिक भावमा नकारात्मक उर्जा बढ्नेछ,खेलकुद त्यसैगरी राजनितिमा हुनुभएका हरुको लागि राम्रो देखिन्छ,बिदेशसँग सम्बन्धित कार्य राम्रो हुनेछ,आजको शुभ अंक १ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ,शरिरमा घाउखटिरा आउनसक्ने देखिन्छ,टाउको दुख्ने सम्भावना आउनसक्छ त्यसैले सुर्यलाई जल चढाउनु,बैबाहिक सम्बन्धमा खासै राम्रो देखिदैन,आजको शुभ अंक ११ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)-विद्यार्थीवर्गको पढाई लेखाईमा प्रगति हुनेछ,बिदेश जान सकिने सम्भावना राम्रो देखिन्छ,खानपिनमा ध्यान दिनुहोला,यात्रा गर्दा दक्षिण नगर्दानै राम्रो,अध्यात्मिक शक्ति बढ्ने छ,आजको शुभ अंक ७ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)-राजनितिमा लाग्नुभएकाहरुको लागि राम्रो योग छ,आगलागि हुने सम्भावना देखिन्छ त्यसैले आगोबाट बच्नुहोला,पार्टनरसिपमा गरेको कार्य असफल हुने देखिन्छ ,लगानी सही ठाउँमा हुनेछ,आजको शुभ अंक ३ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –विदेश यात्रा गर्ने उचित अवसर मिल्नेछ भने बालबालिका सन्तानमा सानो समस्या आउनसक्छ त्यसैले राम्रो केयर गर्नुहोला,साथीभाई सँगको पार्टनरसिप राम्रो हुने देखिन्छ,आजको शुभ अंक १० रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –कुरा काट्नेहरु तपाईको प्रशंशा गर्न थाल्नेछन,मुद्धा मामिलामा पर्न सकिने योग देखिन्छ,धनसम्पति लगानी नगर्नुहोला,कसैलाई धन दिनुपर्ने छ भने दुर्गा माता सम्झेर दिनु होला,आजको शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च,चि)- धनसम्पति, ज्ञान आर्जन हुने देखिन्छ,यो साता पार्टनरसिप सँगको कार्यमा त्यति राम्रो देखिदैन,सुनचाँदी,गरगहना हराउन सक्ने सम्भावना देखिन्छ त्यसैले बिचार पुर्याउनुहोला,आजको शुभ अंक ८ रहेको छ।

दिब्यज्योतिष बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *