रोचक समाचार

रबि लामिछानेका पक्षमा भइरहेको प्रदर्शनलाई दबाउन राजनीतिक दलहरू एकमत (विज्ञप्ति)

भदौ २, काठमाडौं । पत्रकार शा’लिकराम पु’डासैनीको आ’त्मह’त्या प्रकरणमा पत्रकार रबि लामिछाने लगायतलाई पक्राउ गरिएपछि भइरहेको प्रदर्शनलाई निरुत्साहित पार्न चितवनका प्रमुख राजनीतिक दलहरू एक हुने भएका छन् ।

पु’डासैनी प्रकरणमा भइरहेको अनुसन्धानलाई असर नपार्न र प्रशासनलाई सहयोग गर्नसमेत जिल्लाका प्रमुख दलका नेताहरूले आमजनसमुदायमा अनुरोध गरेका छन् ।

गत साउन २० गते भरतपुरको कंगारु होटलमा मृत फेला परेका पत्रकार पु’डासैनीको प्रकरणमा प्रहरीले साउन ३० गते न्युज २४ का पत्रकार रवी लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

रवी लामिछाने पक्राउ परेपछि उनका समर्थकहरूले रिहाइको माग गर्दै साउन ३१ देखि भरतपुरमा दिनहुँजसो प्रदर्शन गरिरहेका छन् । प्रदर्शनक्रममा तोडफोडका घटनासमेत हुन थालेको भन्दै आइतबार चितवनमा सर्वपक्षीय बैठक बोलाइएको थियो ।

सिडियो जनकराज पन्तको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दैनिक जीवन र न्याय सम्पादनमा असर पुग्ने काम कहींकतैबाट हुन नदिनेतर्फ सचेत रहन अपिल गरेको छ । बैठकमा सत्तारुढ नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचिव उत्तम जोशीसमेत सहभागी थिए । बैठकमा चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल पनि सहभागी थिए ।

जिल्ला प्रशासन कार्यालयमा आइतबार साँझ बसेको सर्वपक्षीय बैठकले पक्ष र विपक्षमा हुने प्रदर्शनलाई निरुत्साहित गर्ने निर्णय गरेको छ । बैठकपछि जारी अपिलमा भनिएको छ, ‘जनताको दैनिक जीवनमा असर पुग्ने गरी एवं शान्ति सुरक्षा र स्वच्छ, निष्पक्ष न्याय सम्पादनमा खलल पार्ने गरी हुने प्रदर्शन, तोडफोडलगायतका कार्यलाई निरुत्साहित गर्ने ।’

हिरासतमा रहेका पत्रकार रवि लामिछानेसहित ३ जनाको सम्बन्धमा स्वच्छ र निश्पक्ष न्याय सम्पादनका लागि पक्ष र विपक्षमा नलाग्नसमेत सर्वपक्षीय बैठकले अपिल गरेको छ ।

हेर्नुहोस विज्ञप्ति :

रवि लामिछाने समर्थकको प्रदर्शनमा नेकपाको आपत्ति

२ भदौ, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चितवन जिल्ला समितिले टेलिभिजन प्रस्तोता रवि लामिछानेको समर्थनमा भएको प्रदर्शनप्रति आपत्ति जनाएको छ ।

प्रदर्शनमा पार्टीका नेताको नामै किटेर नाराबाजी गरेको भन्दै नेकपा चितवनले आपत्ति जनाएको हो । सोमबार जारी विज्ञप्ति नेकपाले अनुसन्धान र न्यायालयको निर्णय समेतलाई प्रभाव पार्ने गरी हुलहुज्जत, अराजक गतिविधि र परिवर्तनविरोधी नारा लागेको बताएको छ ।

नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार इन्द्रजीत र सचिव कृष्णभक्त पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘यसै घटनालाई लिएर हाम्रो पार्टीको नेतृत्वविरुद्ध नामै किटेर गरिएको नाराबाजी तथा प्रतिक्रियावादीहरुलाई बढावा दिने गरी भएको धमिलो पानीमा माछा मार्ने चलखेल नेकपा चितवनलाई स्वीकार्य छैन ।’

नेकपाले लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनमा सहभागी नहुने पार्टी सदस्य, शुभेच्छुकलाई निर्देशन दिएको छ ।

पत्रकार शालिकराम पुडासैनीले साउन २० गते चितवनको एक होटलमा आत्महत्या गरेका थिए । पुडासैनीले आत्महत्याअघि रेकर्ड गरेको भनिएको भिडियोका आधारमा प्रहरीले आत्महत्यामा दुरुत्साहन मुद्धामा अनुसन्धान गर्न टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको छ ।

लामिछाने पक्राउ परेपछि चितवनमा उनका समर्थकहरुले नियमितजसो प्रदर्शन गरिरहेका छन् ।

नेकपा चितवनले पत्रकार पुडासैनी मृत्यु प्रकरणको निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन पनि माग गरेको छ । ‘निर्दोष नपरुन्, दोषी नउम्किउन् भन्ने हाम्रो पनि चाहना हो । अनुसन्धानका क्रममा न्यायिक हिरासतमा लिइएको व्यक्तिको सन्दर्भमा न्यायिक ढंगले निरुपण गर्न दिनुपर्छ’ विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *