Uncategorized पत्रपत्रिका

पु’डासैनीका बारे अस्मिताले प्रहरीलाई दिइन् यस्तो अचम्मको बयान

काठमाडौं । प्रहरीले पत्रकार शा’लिकराम पु’डासैनीको प्रकरण अनु सन्धानका लागि ३० साउन २०७६ मा काठमाडौंबाट नियन्त्रणमा लिएकी अस्मिता कार्की र ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संवाददाता युवराज कँडेलसँग बयान लिएको छ।

पत्रकार पु’डासैनी प्रकरणमा चितवन प्रहरीले रवि लामिछानेसहित तीनजनाविरुद्व अदालतबाट म्याद लिएर आ त्मह त्याका दुरु त्साहन अभियोगमा अनुसन्धान गरिरहेको छ।

प्रहरी स्रोतका अनुसार युवराजसँग लिखित र अस्मितासँग भिडियो बयान लिइएको छ। प्रहरीसँगको भिडियो बयानमा अस्मिताले सडक दुर्घ’टनामा नि’धन भएका आफ्ना पूर्वप्रेमीसँग अनुहार मिलेकाले शा’लिकरामलाई सामाजिक सञ्जाल फेसबुकमा साथी बन्न अनुरोध पठाएको बताएकी छन्।

फेसबुक चलाइरहँदा शालिकरामको फोटोसहित ‘पिपुल मे यु नो’ भन्ने देखेपछि अनुरोध पठाएको उनले उल्लेख गरेकी छिन्। ‘फेसबुकमा साथी भएपछि कुराकानी हुन थाल्यो। त्यसपछि निकटता बढ्यो’अस्मिताले प्रहरी बयानमा भनेकी छिन्, ‘पछिल्लो समय प्रेम सम्बन्धमा थियौं।’

‘सिधा कुरा जनतासँग’सँगका रवि र युवराजपछि यो प्रकरणसँग जोडिएकी अर्की पात्र अस्मिता कार्की हुन्। शा’लिकरामले कार्यक्रम छोड्ने निष्कर्षमा पुगेपछि ‘सिधाकुरा जनतासँग’कै टोली सदस्यले शा’लिकरामलाई डिपेन्डेन्टमा अष्ट्रेलिया पठाइदिन ती युवतीसँग भेट गराएका थिए।

पत्रकार पुडासैनी विदेश नगई माउन्टेन टेलिभिजनमा कार्यक्रम सुरु गरेपछि दुवैबीच खटपट सुरु भएको थियो। त्यसपछि अस्मिता शा’लिकरामविरुद्ध ‘सिधाकुरा जनतासँग’ पुगेको तथा रवि र युवराजले आफूविरुद्ध कार्यक्रमको तयारी गरेपछि आ’त्मह’त्या गर्न विवश भएको भिडियोमा उल्लेख गरेका छन्। युवती र सिधा कुरा जनतासँगबीच छलफल भएको बिषय समेत अस्मिताले बयानमा उल्लेख गरेकी छिन्।

प्रहरीले विज्ञ टोलीले तीनैजनालाई फरक समयमा बयान लिने रणनीति बनाएको छ। प्रहरीले लिएको बयान थप अनुसन्धान र जाँचका लागि सहायक हुनेछ। ‘बयानमा बाझिएका विषयमा थप अनु सन्धान हुन्छ,’ अनुस न्धानमा संलग्न प्रहरी अधिकारी भनछन्, ‘यो घ’टनाभन्दा बाहिरका कतिपय विषय पनि खुलेका छन्।’प्रहरीकाअनुसार रवि लामिछानेसँग पनि आजै प्रारम्भिक बयान लिइनेछ।

प्रहरीले तीनैजनाको प्रारम्भिक बयानसहित मंगलबार चितवन जिल्ला अदालतबाट थप अनुसन्धान म्याद लिन तयारी गरेको छ।‘मृ’त्तकको कल डिटेल आएको छ,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारी भन्छन्, ‘मंगलबार थप तीनजना प्रतिवादीको कल डिटेल लिएर अनुसन्धान जारी रहन्छ।’ नेपाल आज बाट
000

रबि लामिछानेका पक्षमा भइरहेको प्रदर्शनलाई दबाउन राजनीतिक दलहरू एकमत

भदौ २, काठमाडौं । पत्रकार शा’लिकराम पु’डासैनीको आ’त्मह’त्या प्रकरणमा पत्रकार रबि लामिछाने लगायतलाई पक्राउ गरिएपछि भइरहेको प्रदर्शनलाई निरुत्साहित पार्न चितवनका प्रमुख राजनीतिक दलहरू एक हुने भएका छन् ।

पु’डासैनी प्रकरणमा भइरहेको अनुसन्धानलाई असर नपार्न र प्रशासनलाई सहयोग गर्नसमेत जिल्लाका प्रमुख दलका नेताहरूले आमजनसमुदायमा अनुरोध गरेका छन् ।

गत साउन २० गते भरतपुरको कंगारु होटलमा मृत फेला परेका पत्रकार पु’डासैनीको प्रकरणमा प्रहरीले साउन ३० गते न्युज २४ का पत्रकार रवी लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

रवी लामिछाने पक्राउ परेपछि उनका समर्थकहरूले रिहाइको माग गर्दै साउन ३१ देखि भरतपुरमा दिनहुँजसो प्रदर्शन गरिरहेका छन् । प्रदर्शनक्रममा तोडफोडका घटनासमेत हुन थालेको भन्दै आइतबार चितवनमा सर्वपक्षीय बैठक बोलाइएको थियो ।

सिडियो जनकराज पन्तको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दैनिक जीवन र न्याय सम्पादनमा असर पुग्ने काम कहींकतैबाट हुन नदिनेतर्फ सचेत रहन अपिल गरेको छ । बैठकमा सत्तारुढ नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचिव उत्तम जोशीसमेत सहभागी थिए । बैठकमा चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल पनि सहभागी थिए ।

जिल्ला प्रशासन कार्यालयमा आइतबार साँझ बसेको सर्वपक्षीय बैठकले पक्ष र विपक्षमा हुने प्रदर्शनलाई निरुत्साहित गर्ने निर्णय गरेको छ । बैठकपछि जारी अपिलमा भनिएको छ, ‘जनताको दैनिक जीवनमा असर पुग्ने गरी एवं शान्ति सुरक्षा र स्वच्छ, निष्पक्ष न्याय सम्पादनमा खलल पार्ने गरी हुने प्रदर्शन, तोडफोडलगायतका कार्यलाई निरुत्साहित गर्ने ।’

हिरासतमा रहेका पत्रकार रवि लामिछानेसहित ३ जनाको सम्बन्धमा स्वच्छ र निश्पक्ष न्याय सम्पादनका लागि पक्ष र विपक्षमा नलाग्नसमेत सर्वपक्षीय बैठकले अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *