पत्रपत्रिका

गलबन्दी गायक प्रकाश सपूतको काठमाडौंमा सानो सुन्दर घर

काठमाडौं । चर्चित गायक प्रकाश सपूत वैवाहिक जीवनमा बाँधिएको सातौं वर्ष लागेको जानकारी उनले सामाजिक सञ्जाल मार्फत दिए । केही पारिवारीक तस्बिर सार्वजनिक गर्दै उनले आफ्नो जिवनको खुसी साटेका हुन् ।

आफ्नो विवाहको सातौं वर्ष गाँठको अवसरमा उनले सामाजिक सञ्जालमा भावुक स्ट्याटस समेत लेखेका छन् । उनले गीत संगीतकै क्षेत्रमा लागेर अन्य पेशा नअपनाएर काठमाडौंमा घर समेत बनाएको जानकारी आफ्ना शुभचिन्तकलाई दिएका छन् ।

बोलमा माया, गलबन्दीजस्ता चर्चित गीत गायका उनले कुनै पनि परिस्थितिमा आफू विचलित नभई सांगीतिक क्षेत्रमा रहिरहने प्रतिवद्धता समेत जनाएका छन् । गलबन्दी गीतमा आएको विवादका कारण निकै दुखी भएका प्रकाशले त्यसबेला निकै भावुक स्टाटस लेखेका थिए । अहिले सो बिवाद त मिलेको छ तर पनि उनको स्टाटसले उनी खुसी रहेको भने देखिदैन । तर उनको विवाहको वर्षगाँठसंगै परिवारसँग बिताएको पलले भने केही खुसी दिएको देख्न सकिन्छ । उनले सामाजिक सञ्जाल मार्फत त्यो खुसी पनि अभिब्यक्त गरेका छन् । उनले लेखेका छन्

‘सातौँ वैवाहिक वर्षगाँठसंगै हामीले काठमाण्डौमा आफ्नै सानो नया घर बनाएका छौ । नितान्त संगित कर्मले दिएको हो यो उपलब्धि । मैले यो बिचमा व्यवसायिक रुपमा अरु केहि काम गरिन र गर्न जानिन र गर्न सकिन ।

मेरो विशुद्ध सांगितिक कमाई भनुम न । त्यसैले शुरुका दिनमा आश्रय दिने , काम दिने, अवसर दिने, हौसला दिने, सहकार्य गर्ने, माया दिने देश विदेशका तपाई सप्पै सप्पैलाई धन्यबाद । मैले आफ्नो सपनालाई जुनसुकै परिस्थिति मा पनि विचलित हुन दिईन, समयको सधै सदुपयोग गरे, संघर्ष प्रति समर्पित भए, काम प्रति ईमानदार र आर्थिक अनुशासनमा बसे ।

अब धेरै आर्थिक महत्वकांक्षा छैन । उसै पनि म स्थिर छैन । म स्वतन्त्र जिवन चाहन्छु। बाध्यताले होईन रहरले काम गर्न चाहन्छु । मनको सुन्न चाहन्छु । कसैसंग व्यवसायिक प्रतिस्पर्धा नगरौ भन्ने चाहान्छु ।तर जिउनको लागि आधारभुत आवश्यकताहरु हुन्छन । त्यसमध्य आफ्नै एउटा छानो जरुरी थियो । पुरा भयो ।

मैले व्यक्तिको ईकोनोमिक स्टाटस लाई उसको व्यक्तित्व संग जोडेर कहिले हेर्दिन । म त्यस्ता धेरै व्यक्तित्वहरु संग प्रभावित छु जो आर्थिक रुपमा सधै साधारण नै रहे । अरु केहि बेसिक कुराहरुको व्यवस्थापन हुन यो वर्ष दौडनु नै पर्ला । अर्को वर्ष देखि म अझै बढि स्वतन्त्र हुनेछु ।

अझै साधारण । अझै फकिर । जÞन्दगी सबैथोक पुगेर होईन जानेर जिउने हो । हेर्नुन, अघिल्लो वर्ष हामीले ब्लायक कलर म्याच गरेर फोटो खिच्यौ यसपाली ह्वाईट । ठुलो कुरा होईननी रु १ तर यत्तिकै खुसी क्या । त्यसैले जÞन्दगीमा खुसी हुने कन्सेप्टहरु बनाउनुस । यो पोस्ट बिन्दु जि र मेरो लभ सेलिब्रेरेटका लागि हो, मेरो जस्तै धरातलमा उभिएर सपना देख्नेहरुलाई प्रेरणा होस भन्नका लागि पनि हो र विशेष त तपाईहरुलाई धन्यबाद दिनको लागि हो । धन्यबाद है’

Leave a Reply

Your email address will not be published. Required fields are marked *