समाचार

विद्रोह गरिरहनु पर्ने किन ?

राज कुमार क्षेत्री

हाम्रो देशमा के कुराको कमि छ र ! प्राकृतिक सुन्दरताले भरिएको छ । यहाँ जल, जमिन र जंगल छन । विभिन्न खनिज पदार्थहरु प्रयाप्त छन । विभिन्न खानिहरु छन र जडिवुटीले भरिपुर्ण छ । गौतम वुद्धको जन्मभुमि हो । सगरमाथाले विश्व सामु चिनाउने सान छ । संसारको धार्मिक आस्थाको केन्द्र पशुपतिनाथ हाम्रै देशमा छ । देशका ताल-तलैया देखि धार्मिक, साँस्कृतिक मौलिक पहिचान बोकेको देश विभिन्न जात जाति धर्म समुदायको बसोवास छ ।

भय को देश संभावनै संभावना ले भरिपुर्ण देश छ अभाव छ त केवल ईच्छा शक्ति र शहि राजनितिक प्रणालि र नेतृत्व हरु को दुरदर्शिता को कमि छ काम गर्ने तौर तरिका को कमि र अभाव छ ।

हजारौ युवाहरु वेरोजगार छन रोजगारी को शिलशिला मा पेट पाल्ने जोहो गर्न विदेश का गल्लि गल्ली मा वधुवा मजदुर को रुप मा पैशा संग रगत र पशिना साटी रहे का छन के ती नेपाली युवा पुस्ता लाई स्वदेश फिर्ता गरेर राष्ट्र निर्माण को महान अभियान मा जोड्न सक्छौ ? सरकार तिमी ले राष्ट्र निर्माण को गतिलो रोड म्याप तयार पारेर लाखौ युवा हरु स्वदेश फर्काउन सक्छौ ।

स्वदेश मा रहेका र विदेश वाट फर्के का युवा हरु लाई परिचालन गर पहिला तिमी पारदर्शि वन ईमानदार वन युवाहरु ले कम्तिमा पनि ५ वर्ष विना ज्याला देश बिकाश को अभियान मा अाफ्नो पशिना खर्चन तयार हुने छन अाफ्नो देश को माटो लाई अाफ्नो पशिना ले सिन्चन तयार हुने छन त्यसै मा भावि पुस्ता को भविश्य देख्ने छन र राष्ट्र निर्माण को जिम्मेवारी वोक्दा गर्व ले छाति फुलाउने छन । भाषण र वेतुक का गफ मात्र हैन त्यस को लागि सरकार तिम्रो ईच्छा शक्ति चाहिन्छ काम गर्ने वातावरण चाहिन्छ अाम जनता लाई विश्वास गर्ने परिसथिति निर्माण गरे को हुनु पर्छ तब न नयाँ नेपाल र सम्वृद्ध नेपाल निर्माण हुन्छ अनि पो सुखी नेपाली र खुसि नेपाली हुन सक्छन अनि किन गर्छन विप्लवहरु ले बिद्रोह किन गर्छन सुरेन्द्र के सि हरु ले खरो टिप्पनि किन गर्छन जनता ले तिमी लाई गालि यी विद्रोह टिप्पनि र गालि हरु अाफै बन्द हुने छन नत्र भने विद्रोह जन्मिन्छ क्रान्ति हुन्छ र जनता ले विकल्प खोज्नु पर्छ खोजिरहे का छन त्यस कारण बिकल्प मा एकीकृत जनक्रान्ति को अभियान, लियर विप्लव तयार भयर जनता को विचमा गयका छन यो कुरा सरकार तिमी लाई हेेक्का रहोस ।

नारा र भाषण ले मात्र हुने भय सरकार वि पि ले गरेको समाजवाद को कल्पना भित्र हरेक गरिव किसान को वस्ने घर र अागन मा दुहुनो गाई हुने कुरा उल्लेख थियो तर त्यो समाजवाद कहिले पनि गरिव को झुपडि सम्म अाउन सकेन त्यही समाजवादी व्यवस्था कै लागि ठुलठुला अान्दोलन भय क्रान्ती भय अझै अायन त्यो समाजवाद । तर अहिले सम्म पनि लाखौ जनता घरवार विहिन छन सुकुम्वासि छन र सरकारी जमिन मा छाप्रा हालेर जिन्दगी गुजारी रहेका छन तिनै छाप्रा हरु मा तिम्रो गणतान्त्रिक डोजर चल्छ अागो झोस्छ र क्षण भरमै सुकुमवासि वस्तिहरु उजाडिन विवश छन हजारौ वालबालिका सडक पेटी मा रात काट्न वाध्य छन लाखौ युवा जो राष्ट्र निर्माण मा पसिना खर्चनु पर्ने हो तर विडमवना खाडी र गल्फ कन्ट्री हरु स्मार्ट सिटी वनाउन र पराई देश को विकाश गर्न तिर कौडी को मूल्य मा पैशा संग पशिना र रगत साटी रहे का छन अझै पनि तिमी भाषण र चटक का गफ दिन तिरै बेस्त छौ अनि कहिले र कसरी वन्छ मेरो देश ? सरकार तिमी संग जवाफ छ हामी लाई परिणाम मुखी जवाफ चाहियको छ ?

हाम्रो देश कै श्रोत साधन र ईच्छा शक्ति को परिचालन लाई जोड दियर अन्य संघ साधनहरु माथि ध्यान दियर अगाडि वढे पछी हाम्रै पाला मा सम्वृद्धी संभव छ ।

यहाँ ईच्छा शक्ति भय नहुने के छ र सरकार जनयुद्ध काल मै तत्कालिन माअोवादी ले होलेरी देखि थवाङ जोड्ने सहिद मार्ग निर्माण केही जिल्ला का जनता हरु परिचालन गरेर निशुल्क श्रमदान गरेर निर्माण गरे को नजिर हामी संग छ कालिकोट मा पच्चिस वर्ष पहिले सर्वे गरेको तर अहिले सम्म पनि निर्माण कार्य सुरु हुन नसके को खुलालु सडक खण्ड अन्दाजि २० किलो मिटर विप्लव नेतृत्व को ने क पा ले दुई वर्ष पहिले देखि खनि रहे को थियो हाल तिमी अाफैले निर्माण कार्य बन्द गरिदियका छौ त्यो पनि विना ज्याला जनता ले अाफ्नो श्रम र पशिना खर्चेर निर्माण गरे को अबस्था थियो अनि कसरी हुन्छ देश सम्वृद्ध र राष्ट्र बलियो तिमी अाफै त गर्दैनौ अरु ले गरे को पनि देखि सहन सक्दैनौ एकीकृत जनक्रान्ति को थालनि पछी विप्लव नेतृत्व को ने क पा ले रोल्पा थवाङ लगायत देश का विभिन्न जिल्लाहरु मा लाखौ र करोडौ पर्ने सार्वजनिक भवन र ठुलठुला सभा हलहरु स्थानिय जनपरिचालन गरेर नै निर्माण गर्न सके को छ चितवन मा स्थानिय जनता र जिल्ला पाटी को सामुहिक श्रम मा निर्माणाधिन प्रतिक्षालय तिम्रा जनपरतिनिधी र प्रहरी ले भत्काउने र अागो लगाउने जस्तो अन्याय पुर्ण र खेदजन्य कार्य गर्छन भौतिक सम्रचणा निर्माण गर्दा तिम्रै सम्वृद्धि को नारा मा यउटा ईट्टा थपिने थियन र सरकार ? यसरी नै सामान्य यक जना कलाकार धुर्मुस सुन्तलि फाउण्डेसन को नाम मा ठुलठुला नमुना वस्तिहरु निर्माण हुन सक्छन भने तिमी त राज्य हौ के तिमी ले गरे नहुने के छ र सरकार ?

नेलालि जनता को छात्ति कति चौडा छ मन कति सहयोगी छ सायद संसारमा यस्तो मन र भावना भय का जनता बिरलै होलान तर हामी नेपाली भाग्यमानि छौ यस्तो जनता हाम्रै देश मा छन हामी नेपालि छौ हजारौ दुख पीडा मा मल्हम लगाउन सक्ने यउटा नेपाली ले अर्को नेपालि लाई परेको समस्या हल गर्न सक्ने कोमल मन का धनि हामी नेपाली छौ त्यसै को उदाहरण दुख मा परे का नेपाली हरु लाई अाफ्नो छाक काटेर पनि सहयोग गरेर दुईचार हजार हैन करोडौ पैशा उठायर दुखी असाय र पिडित को हात सम्म पुराउने कृष्ण कडेल शिशिर भण्डारी भाग्य न्यौपाने हरु यहि देश मा छन पारदर्शिता र ईमान्दारिता कै कारण उहाँ हरु सहयोगि मन र पिडितहरु को पुल वन्न सक्नु हुन्छ भने तिमी त राज्य पो हौ किन तिमी अाफ्नो ईमान्दारिता र पारदर्शिता प्रस्तुत गर्न सक्दैनौ यदि सक्थेउ भने तिमी लाई नै जनता ले अबिभावक संझन्थे होला अाखिरी तिमी लाई जनता ले अबिभावक हैन अभिसाप ठान्दछन के तिमी लाई कुनै लज्जा वोध हुदैन ?

हाम्रो देश मा ६० साल मा अाय को भुकम्प ले तहस नहस वनाय को हाम्रो देश अहिले सम्म पुनर निर्माण हुन सकिरहे को छैन अझै पनि भुकम्प पिडित जनता पाल को सहारा मुनि वस्न बाध्य छन अाखिर त्यति वेला बाहिर वाट अाय को अर्वौ सहयोग रकम ले नै देश को मुहार परिवर्तन गर्न सकथ्यो त्यो पैशा वालुवा मा पानी भयो परिणाम शून्य भयो पिडित को घर वन्न सकेन त्यति वेला का मन्त्रि रामसरण महत हरु ले जस्ता पाता सम्म वेचेर खान भ्याय खाध्यवस्तु बेचेर खान भ्याय कहि कुहायर फाले यो सत्ता को कुर्सी नै त्यसै छ कि किन हो सरकार सत्ता को कुर्सि मा जाने पनि पालो हुने खाने पनि पालो हुने काँग्रेस गय काँग्रेस ले खाने कम्युनिष्ट गय कम्युनिष्ट ले खाने जनता चै भोकै मर्नु पर्ने देश चाहिँ खोक्रो भै रहनु पर्ने टाट पल्टिनु पर्ने युवा जति बिदेश मा पशिना र रगत बगार वस्नु पर्ने यस्तो दुखद अबस्था हामी ले कहिले सम्म भोगिरहनु पर्ने हो सरकार ?

यदि तिमी ले सकारात्मक सोच र देश विकाश गर्ने दृढ ईच्छा शक्ति राखेका छौ भने सरकार सचेतता पुर्वक तिम्रो अालोचना गर्ने हरु का विरुद्ध तिम्रा छौडा र अरिंगालहरु डस्न लाई छडुवा नछोड तिमी लाई काम गर्न नदिने ती अालोचक हरु ले हैन तिम्रा वरिपरि चाकडि गर्ने दलाल कमिषनखोर भ्रष्टहरु हो ती माफिया हरु को शक्तिशालि घेरा छ त्यो चिरेर जनता मा अाउ र तिनि सबै लाई जेल हाल अनि मात्र तिम्रो सपना पूरा हुने छ यहाँ जनता को अधिकार सुनिश्चिता को लागि निरन्तर क्रान्ति कुरा गर्ने बिप्लवहरु माथि प्रतिवन्ध लगायर हैन नेता कार्यकर्ता छोप्ने र जेल हाल्ने हत्या गर्ने गरेर हैन । निरन्तर राष्ट्र र जनता को चिन्ता गरिरहने सुरेन्द्र के सि हरु लाई राजावादी वनाईदियर हैन उनी ले गणतन्त्र र कम्युनिज्म व्यवस्था तिमी ले अनुसरण गरेको जस्तो हैन जो कम्युनिष्ट सिद्धान्त ले निर्देशित गरे को छ अाम नेपाली ले अपनत्व को अनुभूति गर्न सकुन त्यसै गरि काम गर ।

अधिकार तिमिले प्राप्त गरेका छौ जनमत पायका छौ त्यस को दुरुपयोग नगर सदुपयोग गर भनेर चिन्ता र खवरदारी पो गरिरहेका छन अनि तीन लाई लखेट्दै राजावादी को कित्ता मा हाल्दिने तिमी लाई हामिले कसरी कम्युनिष्ट सरकार हौ भनेर पथ्याउने सरकार यस कारण तिमी कम्युनिष्ट सरकार हैनौ दलाल भरष्चारी माफिया डणहरु को सरकार हौ लुटेराहरु को सम्रक्षण गर्ने सरकार हौ नजिर Ncell छ घाम जतिकै छर्लगं भय को छ । तिमी कहिले नसुध्रने गरि दलाल पुजिवादीहरु को कठपुतलि भै सके का छौ अब हामी लाई बिकल्प चाहियको छ अब देश र जनता को हित को लागि र सम्वृद्धी को लागि वैज्ञानिक समावपाद ले मात्र संवोधन गर्न सक्छ त्यो प्राप्ति को लागिएकीकृत जनक्रान्ति को यात्रा र विप्लव को नेतृत्व अब को अावश्यकता हो अाम नेपाली जनता मा कहि कतै भ्रम छ भने त्यो भ्रम वाट मुक्त हुनु पर्छ विप्लव लाई साथ दिनु पर्छ अनि मात्र देश र जनता ले परिवर्तन को अनुभूति गर्ने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *