स्वास्थ्य

कृष्ण हात जोडेर नेपाल फर्किए ! (फोटोहरु)

कृष्ण ओलीले आफ्नो कृतिम हात जोडेर नेपाल फर्किएका छन् ! रुपा र कृष्ण केहि दिनअघि नेपाल फर्किएका हुन् !

कृष्ण ओलीका दुवै हात जोडिएका छन् । कृष्णले आफ्नो दाँया हातमा अटोबकको ‘बि बायोनिक ह्याण्ड’ जोडेका छन् । चेम्बुरको बिकास सेन्टरमा रहेको अटोबक हेल्थकेयरमा कृष्णका हात जोडिएका हुन् । यो हेल्थकेयर मुम्बईमा रहेको छ ।

जर्मनीको कम्पनि अटोबक हेल्थकेयरद्वारा निर्मित कृतिम हात हो ‘अटोबक बि-बियोनिक ह्याण्ड’ (Ottobock Bebionic Hand) । यो हात नाडीको भागदेखि पुरै फुल राउण्डमा घुम्ने गर्छ । कृतिम हात मसलको सेन्सरबाट चलाइन्छ ।

प्रत्येक औंलामा मोटर्स जडान गरिएको छ । उक्त हातले सेन्सरको इशारामा समन्वय गर्दै पकड्न वा अन्य सरल कार्य गर्न सक्दछ । समानुपातिक गति नियन्त्रणले नाजुक कार्यहरूमा पनि सटीक नियन्त्रण दिन सक्ने सामर्थ्य हुन्छ ।

कृतिम हात ‘अटोबक बि बायोनिक ह्याण्ड’ विश्वभर धेरै उपयोगी मानिन्छ । बि-बियोनिक ह्याण्डले व्यक्तिको दैनिकि कार्य गर्न सक्नेगरि डिजाइन गरीएको छ । खाना खान, झोला बोक्न, ढोका खोल्न, बत्तीको स्विच थिच्न, टाइप गर्न, लेख्न र जुत्ता लगाउने लगायतका सरल कार्यहरु गर्न मद्दत गर्छ ।

विश्वभरिका बिभिन्न व्यक्तिको जीवन र क्षमताहरूलाई रूपान्तरण गर्न मदत पुर्याएको छ । यो आरामदायी, सहज र सटीक कार्यमा सफल मानिन्छ ।

अटोबकले हातहरु तीन अलग आकारमा उपलब्ध गराएको छ र यसमा व्यक्तिगत आवश्यकता अनुरूप मनपर्ने मल्टिपल विकल्पहरू रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *