काठमाडौँ । ३३ किलो सुन काण्डाका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती उर्फ ‘गोरे’ यो काण्डको मुख्य नाइके हुन नसक्ने टिका टिप्पणि सामाजिक संजालाहरुमा हुन थालेको छ।
भारत बाट पक्राउ गरि काठ्माण्डौमा आज पत्रकार सम्मेलनका बीच सार्वजानिक गरे लगत्तै सामाजिक संजालाहरुमा यस्तो बहस हुन थालेको हो। जसरि बोस, अण्डर बोस र सिपाहीहरु हुन्छन उ त्यसै मध्यका अण्डर बोस हो।
सनमको मृत्यु हुनु अघि उनीहरु संग केरकार गर्दा गोरेले उनीहरुलाई देखाएको ब्यबहार, गोरेको बासस्थान लगाएतका कुराहरुलाई हेर्ने हो भने ‘गोरे’ ३३ किलो सुनको मालिक हुनै सक्दैन। यदि मुख्य नाइके हुदो हो त त्यस्तो घर नाइकेको हुनै सक्दैन भन्ने खालका बहस प्रसस्तै चल्न थालेको छ।
चुडामणि उप्रेती उर्फ ‘गोरे’का विभिन्न गतिविधि र आज उनले पत्रकार सम्मेलनमा देखाएको ब्यबहारहरुलाई नियाल्ने हो भने पनि उनि मुख्य नाइके जस्तो देखिन्दैन। यद्यपि मान्छेको मन भित्र कोहि पस्न सक्दैन तर प्रहरी प्रशासनले यस घटनालाई अझै गहनता पुर्वक छानविन गर्ने हो भने गोरे भन्दा माथि अर्को नाइके निस्कन सक्ने पक्का छ।
सामाजिक संजालहरुमा पनि अझै छानविन हुन पर्ने टिप्पणि आइ रहेको छ। घटना भएको यतिका लामो समय सम्म आइपुग्न गोरेलाई समात्न सकेको प्रशासनले अझै सुक्ष्म तरिकाले छानविन गरेर अरु ठुलामाछा साट्न सकिएला वा नसकिएला त्यो भने हेर्न बाँकी छ। गोरेलाई समाते पछि प्रहरी प्रशासनका लागि पुच्छार समात्दा ज्यानै हात पर्ने प्रवल सम्भावना देखिन्छ।
यसै विच यस घटनामा थुप्रै चुनौती र अवसरको अवस्था पुलिस प्रशासन र गृहमन्त्रालय सामुन्ने खडा भएको छ। तर माथिल्लो तहका व्यक्तिहरु नै संलग्न भएको सजिलै अनुमान लगाउन सकिन्छ।