अपाङ्ग सन्जाल दाङले तुलसीपुरको एक वडामा गर्यो शैक्षिक सामाग्री र बाख्रा वितरण


  • देवमणि गौतम

दाङ । वडा स्तरिय अपाङ्ग सन्जालले आज तुलसीपुर ८ अस्वाराका अपागंता भएका व्यक्तिहरु लाई शैक्षिक सामग्री तथा बाख्रा वितरण गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.८ की अपांग सन्जालकी अध्यक्ष तेजकुमारी भुसालको अध्यक्षता र वडा अध्यक्ष बेदबहादुर केसीको प्रमुख आथित्यता तथा राप्ती बहिरा संघकी निर्देशक प्रतिमा शर्माको विशिष्ट आथित्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष केसीले अपांग बालवालिकाको लागि शैक्षिक सामग्री वितरण गरी उनीहरुको भविस्य उज्वल बनाउन प्रयास स्वरुप शैक्षिक सामाग्री र बाख्रा वितरण गरिएको बताए ।

यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अथिति शर्माले यस वडाले राप्ती बहिरा सघं संग सहकार्य गरी वडालाई अपाङ्ग मैत्री बनाउन भुमिका खेलेकोमा खुशी व्यक्त गरे साथै आगमी दिनमा संघले यस्ता खालका कार्यक्रमहरुमा सहयोग गर्ने प्रतिबदता जनाए । कार्यक्रममा अपाङ्गता भएका १३ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको थियो भने १० जनालाई बाख्रा वितरण गरीएको थियो ।

कार्यक्रमका अथितिहरुमा वडा स्तरीय बाल संरक्षक तथा संवद्धन समितिका अध्यक्ष देवमणी गौतम, नगर स्तरीय अपांग सञ्जालकी महासचिव देवा डाँगी, स्थानीय तारा प्रसाद भुसाल लगाएतले धारणा व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण वडा बाल सञ्जालका सचिव बालकुमार शर्माले गरेका थिए ।

प्रकाशित मिति   :