यसरी हिलोमा पसे प्रदेश ५ का मुख्यमन्त्रि शंकर पोखरेल


दाङ । सधैं सुटेटबुटेट भएर चिल्लो गाडी चढेर प्रदेश ५ को अस्थायी राजधानी बुटवल धाउने मुख्यमन्त्रि शंकर पोखरेलको हुलिया शुक्रबार फरक थियो । सधैं सुकिलो मुकिलो भएर हिँड्ने मुख्यमन्त्रि पोखेरल सामान्य टिसर्ट र पाइन्टमा मात्र थिए । यो देख्दा सबैलाई आश्चर्य लाग्नु स्वाभाविक नै थियो ।

मुख्यमन्त्री पोखरेल रुपन्देहीको सैनामैनामा आयोजित रोपाइ महोत्सवमा आफ्ना सहयोगीहरु सहित हातमा धानका बेर्ना लिएर पुगेका पोखरलले स्थानीय वासीसँग नाच्दै गाउँदै धान रोप्न थाले । उनले रोपनन् मात्रै हिलाम्मे खेतमा रोपारासंग रमाए ।

धानको बीउ घुसारेर माला बनाएको, निधारमा दशैंको टीका लगाएजस्तै हिलोको टीका लगाएको, वास्तवमा यो दृष्य देख्दा मुख्यमन्त्री ज्यूको हुलिया निकै फरक नै देखिन्थ्यो ।

प्रकाशित मिति   :