सत्तारुढ दलकै संसदले मागी अर्थमन्त्री खतिवडाको राजिनामा, यस्तो रैछ अर्थमन्त्री संग संसद असन्तुष्टिको खास कारण !


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद मेटमणि चौंधरीले अर्थमन्त्री डा. युवराज खतिवडालाई हटाउन माग गरेका छन्।प्रधानमन्त्री केपी ओलीसँगको भेटमा उनले सरकारलाई अलोकप्रिय बनाउने काम गरेको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडालाई हटाउन माग गरेका हुन्। शुक्रबार प्रधानमन्त्री ओलीले प्रदेश ५ का पार्टीका सांसदहरुसँग सामूहिक भेट गरेका थिए।

सोही भेटमा दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद चौंधरीले बजेट सार्वजनिक भएसँगै सरकारप्रति जनताको आकर्षण ह्वात्तै घटेको स्मरण गराउँदै सकिन्छ भने बजेट करेक्सन तत्काल गर्न पनि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको गम्भीर ध्यानाकर्षण गराए। उनले गरिब समूदायको चाहनालाई सम्बोधन गर्न पनि प्रधानमन्त्री ओलीसँग आफूले आग्रह गरेको बताए।

यता, प्रधानमन्त्री ओलीले भने नेपाली जनताको भावना अनुसार काम गर्न सरकार प्रतिवद्ध रहेको बताए। उनले काँग्रेस नेतृत्वको अघिल्लो सरकारले मुलुकको अर्थतन्त्र धराशायी बनाएकाले यस वर्षको बजेटमा वृद्ध भत्तालगायतका सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न नसकिएको पनि स्पष्ट पारे।प्रदेश नम्वर ५ बाट प्रतिनिधि सभा र राष्ट्रिय सभामा नेकपाको प्रतिनिधित्व गर्ने सांसदहरुसँग सिंहदवारस्थित आफ्नै कार्यालयमा भेटघाट गर्दै प्रधानमन्त्रीले भने, ‘हामीले विकास र निर्माणका ठूला–ठूला योजना ल्याएका छौं, शिक्षा र स्वास्थ्यका क्षेत्रमा अभियानहरु सुरु गरेका छौं,’ उनले भने,‘कसैलाई कम्युनिष्ट पार्टीको सरकार बनेकोमा असैह्य भएको हुन सक्छ, तर जनताले विश्वास गरेर सुविधाजनक वहुमत प्रदान गरेको अवस्थामा हामीले देशमा आर्थिक–सामाजिक रुपान्तरण गरेरै देखाउनु पर्छ ।’

प्रधानमन्त्री ओली जनताको भावना, चाहना र आवश्यक्ता अनुसार काम गर्न प्रतिवद्ध रहेक भेटमा सहभागी सांसद सोमप्रसाद पाण्डेले जानकारी दिए।प्रधानमन्त्री ओलीले सरकारले धराशायी भएको मुलुकको अर्थतन्त्रमा सुधार ल्याएको दाबी गर्दै अब जनताको अपेक्षा अनुसार काम हुनेमा ढुक्क हुन पार्टीका सांंसदहरुलाई आश्वस्त पारेका थिए। प्रधानमन्त्री ओलीले जनताको गुनासो सुन्न पार्टीका सांसद र नेता/कार्यकर्ताहरुसँगको भेटलाई पनि निरन्तरता दिँदै आएका छन्।

 

प्रकाशित मिति   :