चल्ने भयो काठमाण्डौमै मोनोरेल, यसरी पुरा हुँदैछ बिद्यासुन्दर र चिरबाबुको मोनोरेल चलाउने सपना !


चक्रपथमा मनोरेल निर्माणबारे प्रारम्भिक अध्ययन पुरा भएको छ।मनोरेल सञ्चालन सम्बन्धी अध्ययन गरेको चिनियाँ कम्पनी सिसिआरसीले चक्रपथमा मोनोरेल निर्माण गर्न सकिने दावी सहितको प्रतिवेदन सार्वजनिक गरेको छ।उपत्यकामा मोनोरेल निर्माणका लागि १ खर्ब १६ अर्ब लागत लाग्ने सिसिआरसीको प्रतिवेदनमा उल्लेख छ।

सिसिआरसीले काठमाडौँ महानगर तथा ललितपुर महानगरपालिकालाई उक्त प्रतिवेदन पेश गरेको हो।आयोजनाको डीपीआर निर्माणको लागि ६ महिना लाग्ने र त्यसको ३ वर्षपछि मोनोरेलको काम सम्पन्न हुने उल्लेख छ।सो प्रतिवेदनमा भौगोलिक वातावरण सबै प्रकारले उपयुक्त हुने बताइएको छ।मोनोरेल निर्माणका लागि चिनियाँ कम्पनी र महानगरपालिकाबीच सम्झौता पत्रमा आजै हस्ताक्षर भएको छ।

 

 

प्रकाशित मिति   :