थाईल्याण्डको ९ विकेट गुम्दा खेल रोकियो , यस्तो छ अबको प्रक्रिया !


काठमाडौँ- आईसिसी टीट्वेन्टी विश्वकप क्रिकेटको एसियाली छनोटअन्तर्गत उप क्षेत्रीय प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपाल र थाईल्याण्डको खेल वर्षा को कारण खेल रोकिएको छ । पानि नरोकिएको अवस्थामा DL मेथोडबाट छिनोफानो गरिने छ चालु अवस्थामा  DL अनुसार  थाईल्याण्डलाई १५८ रनको आबस्यक पर्दछ  एक सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको नेपालले ९  विकेट झारेको छ अहिले थाइल्याण्डको १९ रन भएको छ  खेल सकिएको छ ।सन्दिप लामिछाने ५ विकेट लिएका छन् भने करण र ललित ले १/१ विकेट लिए  टस हारेपछि ब्याटिङको निम्ता पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ७२ रन जोड्यो। नेपालको पालीमा दीपेन्द्रसिंह एेरीले ३०,शरद भेषावकरले ३४ र करन केसीले अविजित ४० रन बनाए। ओपनरद्धय विनोद भन्डारी १५ र अनिल शाहले २५ रन बनाए।

नेपालले ३३ रन जोड्दा पहिलो विकेट गुमाएको थियो। १२ ओभरमा दुई विकेट गुमाएर ९९ रन जोडेको नेपाल त्यसपछि केही समय दबाबमा आएको थियो।नेपालले यसअघिका दुवै खेल जितेको थियो। पहिलो खेलमा म्यानमारलाई ८ विकेटले हराएको नेपाल दोस्रोमा मलेसियाविरुद्ध ८ विकेटले विजयी भएको थियो। नेपाल दुई खेलबाट चार अंक जोडेर तेस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको सिंगापुरले तीन खेलबाट ६ अंक जोडेको छ।थाइल्यान्डको तीन खेलबाट पाँच अंक छ।

 

प्रकाशित मिति   :