बल्ल गरे बलात्कार आरोपीले आत्मसमर्पण !


काठमाडौं असोज । दरबारमागको ल्याण्डमार्क होटलमा सामूहिक बलात्कार गरी मिलापत्र प्रयास गर्ने समूहका एक मुख्य अभियुक्तले अदालतमा आत्मसमर्पण गरेका छन् । गत माघ ७ गते राती भएको ‘सामूहिक बलात्कार’ प्रकरणका मुख्य अभियुक्त विकास गौतमले आत्मसमर्पण गरेका हुन् ।उनले बुधबार साँझ ५ बजे जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेका हुन् ।
बलात्कारपछि गौतम भारतमा लुकेर बस्दै आएका थिए । उनीविरुद्ध इन्टरपोलले पनि नोटिस जारी गरेको थियो ।

बलात्कृत युवतीको केटा साथी रामेछापका शैलेस कार्कीसहितको समूहले होटलमा सामूहिक बलात्कार गरेको घटनामा दरबारमार्गका तत्कालिन प्रहरी इन्सपेक्टर लक्ष्मण सिंह ठकुरीसहितका प्रहरी अधिकृतहरुले गुपचुपमा मिलात्रप गराएका थिए ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी परिसर काठमाडौंले समिति गठन गरेर अनुसन्धान गर्दै इन्सपेक्टर ठकुरी र मुद्दा शाखाका प्रहरी नायब निरीक्षक (सई) चन्द्र भण्डारीलाई निलम्बन गरेको थियो ।मुख्य अभियुक्त गौतम करोडपति व्यवसायी हुन् । सोही कारण पैसाकै आडमा उनले मुद्दा मिलाउने प्रयास गरेका थिए

 

प्रकाशित मिति   :