आफ्ना माग पूरा गर्न राजपाले छठसम्म पर्खने


काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल आफ्ना माग पूरा गर्न सरकारलाई आगामी छठसम्म समय दिने निष्कर्षमा पुगेको छ । राजपा अध्यक्षमण्डलले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी माग पूरा गर्न दबाब दिएका थिए ।

भेटमा माग पूरा गर्न प्रधानमन्त्री सकारात्मक देखिएको सहभागी नेताहरुले बताएका छन् । आजको नागरिकको पृष्ठ २ मा यो समाचार छापिएको छ । राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने, प्रधानमन्त्रीज्यूले माग पूरा गर्छु भनेर आश्वासन दिनुभएको छ । त्यसैले हामीले दसैं, तिहार, छठसम्म पर्खने निर्णय गरेका छौं ।

प्रकाशित मिति   :