प्रधानमन्त्री ओली आज गृहजिल्ला झापा जादै


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली दसैं को शुभकामना दिन बिहीबार झापा जाँदै छन्। महानवमीको अवसरमा बिहीबार बिहान झापा गएर अपरान्ह राजधानी फर्किने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

झापामा रहदा प्रधानमन्त्री ओलीले चन्द्रगढीस्थित झापा जिल्ला समन्वय समितिको भवनमा आयोजित कार्यक्रममा सहभागिता जनाउने छन् । जिल्ला रेडक्रस सोसाइटीको आयोजनामा स्वर्ण महोत्सव स्मारिका विमोचन गरेपछि प्रधानमन्त्री ओली विर्तामोडमा दसैं शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुनेछन् ।

प्रधानमन्त्रीको दसैं कार्यतालिका

–२०७५ कात्तिक १ गते बिहीबार, महानवमी (बिहान झापा र अपरान्ह काठमाडौं फिर्ता)

-झापामा हुँदा चन्द्रगढीस्थित झापा जिल्ला समन्वय समितिको भवनमा जिल्ला रेडक्रस सोसाइटीको आयोजनामा स्वर्ण महोत्सव स्मारिका विमोचन कार्यक्रम
प्रधानमन्त्री ओलीको आयोजनामा विर्तामोडस्थित अग्रसेन भवनमा शुभकामनाआदान-प्रदान तथा चियापान कार्यक्रम,

-२०७५ असोज २ गते, शुक्रवार, विजया दशमी शुभ साइत ९:४५ मा बुबा मोहनप्रसाद ओलीको हातबाट टिका ग्रहण,

-बिहान १० बजेपछि प्रधानमन्त्रीको सचिवालयका सदस्यलाई टिका लगाइदिने ,

-दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट टिका ग्रहण,

-दिउँसो २ बजे मन्त्री  सांसद पार्टी नेता तथा निजामति एवं सुरक्ष निकायका उच्च अधिकारी, राष्ट्रसेवकलाई टिका लगाइदिने,

-अपरान्ह ३ : ३० देखि ५.३० बजेसम्म पार्टी कार्यकर्ता तथा सर्वसाधारणलाई टिका लगाइदिने,

-साँझ ६ बजेदेखि : परिवारका सदस्यलाई टिका लगाइदिने,

-एकादशी असोज ३ गतेदेखि चतुर्दशी कार्तिक ६ गतेसम्म बिहान ९ बजेदेखि ११ बजेसम्म कार्यकर्तालाई टिका लगाइदिने।

प्रकाशित मिति   :