घर लगियो तुलाधरको शब, पछि पछि लागे प्रचण्ड पनि (तस्बिर सहित)!


काठमाडौँ- पुराना कम्युनिष्ट नेता पद्मरत्‍न तुलाधरको आइतबार दिउँसो निधन भएपछि उनको शव लैनचौरस्थित निवास लगिएको छ।उनलाई अन्तिम श्रद्धाञ्जली दिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताहरु नर्भिक अस्पताल पुगेका थिए।आइतबार रातभरि लैनचौरस्थित निवासमा राखेर उनको सोमबार अन्त्येष्टि गरिने नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।उनको आइतबार दिउँसो १ बजे ७७ वर्षको उमेरमा निधन भएको थियो।

मस्तिष्काघात भएपछि उनलाई अन्नपूर्ण न्यूरो अस्पतालबाट रिफर गरेर नर्भिक अस्पतालको आइसियूमा भर्ना गरिएको थियो। उनलाई नर्भिक अस्पतालका डाक्टरहरु आर.के. अग्रवाल र राजीव झालगायतको टिमले उपचार गरिरहेको थियो।

 

 

प्रकाशित मिति   :