गरिव परिवारकी बालिकालाई डेढ करोडको चिठ्ठा परेपछि ..


कात्तिक ३०, २०७५
काठमाडौं — भारतको पञ्जाब राज्यस्थित भटिन्डामा बस्ने एक गरीब परिवारकी बालिका रातारात करोडपति भएकी छन् ।

पञ्जाब सरकारले दिएको डेढ करोड भारुको दीवाली बम्पर भटिन्डामा बस्ने लखविन्दरले जितेकी हुन् । बम्पर जितेपछि उनको परिवार खुशीले गदगद भएको थियो ।

परमजीत सिंहकी छोरी लखविन्दर कौर गाउँकै सरकारी विद्यालयमा १२ कक्षामा पढ्छिन् । उनले भटिन्डाको बस स्टेसनमा दीवाली बम्परको टिकट किनेको बताइन् ।

बुधवार बेलुका लटरी विक्रेताले फोन गरेर उनलाई डेढ करोड भारु जितेको सूचना दिए । शुरूमा त उनले पत्याइनन् तर आफ्नो टिकट नम्बर हेरेपछि उनलाई विश्वास भयो ।

लखविन्दरका अनुसार, उनको परिवार चरम गरीबीमा छ । घर सानो भएको र ६ जना त्यसमा बस्न मुश्किल परेको उनी बताउँछिन् । पैसा पाएपछि सबभन्दा पहिला उनी गाउँमा राम्रो घर किन्ने सोचमा छिन् ।

एजेन्सी

प्रकाशित मिति   :