विदेश शयरमै रमाउँने यी मेयर, अहिलेसम्म गरे ११ औँ पटक विदेश भ्रमण, हेर्नस को हुन


कामठाडौं  विदेश भ्रमणलाई अक्सर वृत्ति विकासँग जोडिएर लिने गरिन्छ ।ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको अहिलेसम्मको विदेश भ्रमणले उहाँको व्यक्तित्व विकासमा के कस्तो प्रभाव पारेको छ कुन्नि  तर महानगरपालिकाको कार्यसम्पादनले भने नगरबासीमा खासै उत्साह जगाउन सकेको छैन ।

कार्यसम्पादन सुस्त रहे पनि प्रमुख महर्जनको विदेश भ्रमण तेज गतिमा भइरहेको छ ।स्थानीय तहमा जनप्रतिनिधि आएको अनुभूत हुने गरी न्यूनत्तम कार्य नै गर्न नसकेको भन्दै सर्वसाधारण जनतामा असन्तुष्टि रहँदै आएका बेला प्रमुख महर्जन सोमबार राति भियतनामतर्फ गएका छन् ।यसअघि उहाँले १० पटक विदेश भ्रमण गरिसक्नुभएको छ । देशभरका ७ सय ५३ स्थानीय तहका प्रमुखमध्ये सबैभन्दा बढी विदेश घुम्ने प्रमुख हुनुहुन्छ ।

 

 

प्रकाशित मिति   :