यी महिलाको साहस: चोर रुदैँ थियो, यी च्याप्दै थिइन्


ब्राजिल । यहाँकी एक महिलाले चोरलाई समातेकै भरमा रुवाईदिएकी छिन् । सेब्रिनी लेइटस नामक केटीको मोबाइल चोरेर भाग्न लागेका १९ वर्षीय मागडील दा सिल्वालाई समातेकी भरमा रुवाइदिएकी हुन् ।

ती महिलाले चोर युवकलाई एकछिन मात्र नभएर पुलिस नआउनेबेलासम्म समातेर राखेकी थिइन् । यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । भिडियोमा चोरले आफुलाई छोड्नको लागि बिन्ती गरेता पनि युवतीले उसलाई छोडेकी छैनन् । सेब्रिनीले चार वर्षसम्म लिएको मार्सल आर्टको तालिम यहाँ अएर काम लागेको थियो ।

चोरले पहिला फोन गर्न भन्दै मोबाइल मागेको र त्यसपछि भागेको युवतीले बताइन् । चोरलाई भाग्न नदिनको लागि २० मिनेटसम्म सेब्रिनीले बिभिन्न उपाय लगाएर उसको हात लक गरेकी थिइन् । सेब्रिनीले २० मिनेटसम्म च्याप्दा चोरको एकदमै दयनिय अवस्था भईसकेको थियो । चोर बारम्बार रोएर छोड्नको लागि अनुरोध गरिरहेको थियो ।

 

प्रकाशित मिति   :