प्रधानमन्त्रीमाथि कांग्रेस प्रवक्ताको गम्भीर कटाक्ष ”नेपाल देशमा सरकार छ? छ भने कहाँ छ?


काठमाडौँ – नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकार गठन भएको ९ महिने अवधिको गम्भीर समीक्षा गर्दै केपी ओली नेतृत्वको सरकार पूर्णतः असफल भएको टिप्पणी गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मुख्य प्रश्नहरुमा समाधान नखोजी ओली सरकारले ९ महिना बिताएको बताएका हुन्।

‘मंसिर ३ गते वर्तमान सरकार गठन भएको ९ महिना पुगेको छ, ९ महिना पुगेको यो घडीमा नेपाल देशमा सरकार छ? छ भने कहाँ छ भनेर छोटो तर कारुणीक प्रश्न सार्वजनिक गर्नुपर्ने अवस्था बनेको छ,’ प्रवक्ता शर्माले भने, ‘यो ९ महिनामा मुख्य ९ प्रश्नमा सही जवाफ पस्कन सरकार असफल भएको वस्तुगत तथ्य जगजाहेर छ।’साथै प्रवक्ता शर्माले मन्त्रिपरिषदको निर्णय ७ दिनमा सार्वजनिक गर्ने भन्ने सरकारी तयारी तत्कालै सूचनाको हक र पारदर्शिताको प्रतिवद्धता विपरीत रहेको धारणा राखेका छन्।

यसप्रति विमति प्रकट गर्दै २४ घण्टामै सार्वजनिक गर्ने प्रबन्ध गर्न पनि उनले माग गरेका छन्। ‘लोकतान्त्रिक संस्कृति लोकतान्त्रिक प्रक्रियाको चर्चा मात्रै त्यसको मानक किमार्थ होइन,’ शर्माले भने।प्रवक्ता शर्माले संघीयताः कम्युनिष्ट दर्शनले नहिँडेको बाटो भएको टिप्पणी गर्दै असफल तुल्याउने सुनिश्चित षड्यन्त्र भइरहेको आशंका व्यक्त गरेका छन्।प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा २ को हत्या भएको उल्लेख गर्दै प्रवक्ता शर्माले शान्ति सुरक्षाको स्थितिमा पनि ह्रास आएको धारणा राखेका छन्।बजारमूल्य बढेको र महँगी नियन्त्रण गर्न सरकार असफल भएको आरोप कांग्रेसले लगाएको छ।

 

प्रकाशित मिति   :