भारतीय टेलिभिजनमा प्रसारित सो ‘सारेगम’मा मेनुकाले उचो पारिन नेपालीको सान, यसरी सुरु भयो विजय बनाउने अभियान !


८ वर्षअघि झापाली चेली अनुजा अग्रवाललाई नेपाल टेलिभिजनमा प्रसारित रियालिटी–शो छमछमीको विजेता बनाउन जुटेका झापाली फेरि एक पटक त्यही उत्साहका साथ अर्को अभियानमा लागेका छन्।

यस पटकको मिसन चाहिँ भारतीय टेलिभिजनमा प्रसारित रियालिटी–शो सारेगममा प्रतिष्पर्धा गरिरहेकी झापा हल्दिबारीकी मेनुका पौडेललाई विजेता बनाउनु हो।झापाको सबै क्षेत्रमा मेनुकालाई विजेता बनाउन अभियान प्रारम्भ भएको छ। हल्दिबारी–४ निवासी मेनुकाका लागि वडा सदस्य महेशलाल मेचेको नेतृत्वमा वडा कार्यालयबाट ६१ हजार रुपैयाँ संकलन गरिएको छ।

मेनुका नेपाल आइडलकी उत्कृष्ट–११ मा पनि थिइन्। सुमधुर स्वरकी धनी मेनुका सारेगमको उत्कृष्ट १३ मा आइसकेकी छिन्।प्रतियोगिताको विजेता बन्न प्रस्तुतिसँगै भोटिङको जरुरत हुने भएकाले आफूहरुले आर्थिक संकलन अभियान प्रारम्भ गरेको मेचेले जनाएका छन्। मुम्बईमै रहेकी मेनुकाले आफूलाई निरन्तर सहयोग प्रदान गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गरेकी छिन्।

 

प्रकाशित मिति   :