नेविसंघका महामन्त्री कुन्दन काफ्लेलाई ‘हर्ट अट्याक’, गंगालालमा अपरेसनको तयारी


काठमाडौँ । काँग्रेसको भ्रतृ संगठन नेविसंघका महामन्त्री कुन्दन काफ्लेलाइ हर्ट अट्याक भएको छ । गएराती निवासमै उनलाई हर्टअट्याक भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको अहिले बासबारीस्थित गंगालाल अस्पतालमा अपरेशनको तयारी भैरहेको नेबिसंघका नेता सुशील भट्टकले जनाकारी दिएका छन् ।उनको अवस्था स्थिर रहेको बताइएको छ । अस्पतालमा अहिले काँग्रेस नेता प्रदीप पौडेल सहित नेबिसंघका नेताहरुको भीड लागेको छ
काफ्ले काँग्रेस नेता कृष्ण सिटौला निकट मानिन्छन् ।

 

प्रकाशित मिति   :