डडेलधुरा बस दुर्घटनाको कारणबारे स्कुलका प्रिन्सिपल र यात्रुको मत बाझियो, के हो दुर्घटनाको खास कारण !


धनगढी — डडेल्धुराको रुडवा खोला नजिकै बिहीबार साँझ भएको विद्यार्थी बोकेको स्कुल बस दुर्घटनाका ८ जना घाइतेलाई सेती अञ्चल अस्पतालमा ल्याइएको छ ।ती मध्ये २ जनालाई यहाँबाट नेपालगञ्ज रिफर गरिएको छ। सेती अस्पतालमा उपचारमा रहेका ६ जनाको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन्।पिस जोन निकेतन स्कुलका प्रिन्सिपल भीमबहादुर बलायर, उनकी श्रीमती सरिता र नाबालक छोरी समनीको अञ्चल अस्पतालको इमरजेन्सी वार्डमा उपचार भइरहेको छ।

उनका अनुसार डिजल भर्न गाडी डडेल्धुरा ल्याएको थियो। डडेल्धुराको दह ब्यारेक नजिकको पेट्रोल पम्पमा डिजल भरेर फर्कँदा स्याउलेमा उग्रतार मेला हेरेर घर फर्कने गाँउलेहरु गाढीमा चडेका हुन्। ‘घर फर्कन साधन नपाएर बाटोमा सवारी कुरेर बसेका गाँउले यात्रुहरु हाम्रो गाडी देख्ने बित्तिकै जबरजस्ती हुल्लिए,’ उनले भने, ‘क्षमताभन्दा बढी नै थिए, यात्रुहरु।’उनका अनुसार कम्तीमा ३२/३४ जना जति यात्रु थिए। छतमा भने यात्रु थिएनन्। उनले ओरालोमा ब्रेक फेल भएर दुर्घटनामा परकोदाबी गरे। ‘चालक लोप महराले ब्रेक फेल भएपछि कन्ट्रोल गर्न सकेनन्,’ उनले भने।चालक महरा पनि घाइते छन्। महरालाई नेपालगञ्ज रिफर गरिएको छ।सिलगढी नगरपालिका–८ देउकरका सहचालक महादेव रावत, सिलगढी–४ का संगिता विक र डडेल्धुरा गन्यापधुरा–३ का सुशील बोहराको अस्पतालमा भर्ना गरिएको छ।

३० वर्षीय भक्तबहादुर बलायर र १० वर्षीय नविन विकलाई नेपालगञ्ज रिफर गरेको सेती अञ्चल अस्पताल इमर्जेन्सी फाँट कृष्ण बोहराले जानकारी दिए।घाइते संगिता विकले डडेल्धुराको उग्रतार मेला हेरेर घर फर्कन सार्वजनिक सवारी साधन नपाएर स्कुलको बसमा चढेको बताइन्। उनले स्कुल बसले भाडा उठाएर यात्रु ल्याएको दाबी गरिन्।घाइते संगिताले भनिन्, ‘चालकले राम्रैसँग गाडी चलाएको अभाष भएपनि यात्रु ठेलमठेल थिए।’ उनले आफू दुर्घटनामा परेपछि धनगढी अस्पतालमै आएपछि होस आएको बताइन्।

 

प्रकाशित मिति   :