बस दुर्घटनाका घाइतेको सनसनीपूर्ण भनाई ”खुट्टा टेक्ने ठाउँ थिएन, एकाएक कोलाहल मच्चियो’’ !


धनगढी – डडेल्धुरामा बिहिबार भएको दुर्घटनाका घाइतेहरुले क्षमताभन्दा बढी यात्रुहरु कोचाकोच गरेपछि बस दुर्घटना भएको बताएका छन् ।मैले बसमा चढेको पाँच मिनेट भएको थियो होला, एक त बसमा यात्रुले खुट्टा टेक्ने पनि ठाउँ थिएन, त्यसैमा चालकले तीव्र गतीमा बस गुडाएपछि आरोलोेमा खस्यो, त्यसपछि के भयो थाहा छैन,’ माया मेट्रो अस्प्ताल धनगढीमा उपचार गराइरहेका डोटीको शिखर नगरपालिका ११ का बिनोद किमाडीले भने ।

माया मेट्रो अस्पतालमै उपचार गराइरहेकी डडेल्धुराको गन्यापधुरा गाउँपालिका, ३ की ईन्द्र भुलले दुर्घटना हुनुभन्दा अघिको क्षणलाई सम्झिँदै भनिन्, ‘बसमा यात्रु काेचाकोच थिए । तीव्र गतीमा गुडीरहेको बस एकाएक खसेपछि कोलाहल मच्चियो ।’डडेल्धुराको रडुवाखोलामा से १ प २९३ नम्बरको बस बिहिबार साँझ दुर्घटना हुदा १८ जनाको मृत्यु भएको थियो । उनीहरु मध्ये अहिलेसम्म सात जनाको सनाखत भएको छ ।

अहिलेसम्म डडेल्धुरा नवदुर्गा गाउपालिका वडा नम्बर ३ का २२ वर्षीय चक्र धामी, डोटीको दिपायल-सिलगढी नगरपालिका वडा नम्बर ४ की ३५ वर्षीया शसि विक,डोटीकै शिखरनगरपालिका ११ बस्ने २५ वर्षीया गोदा भाट, सोही गाउँपालिका ८ बस्ने ४० वर्षीय कैलाश रावल, ४५ वर्षीय योगेन्द्र रावल, वडा नम्बर १० बस्ने १६ वर्षीय रोहित बलायरको सनाखत भएको छ ।यस्तै दुर्घटनामा मृत्यु हुने डडेल्धुरा गन्यापधुरा गाउँपालिका वडा नम्बर ३ कोरालकी १८ वर्षीय माया रावलको पनि सनाखत भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक खगेन्द्र साउँदले जानकारी दिए ।

 

प्रकाशित मिति   :