सचिवालय बैठकमा आक्रोशित बने प्रधानमन्त्री भन्छन ‘जसरी हुन्छ, मेरो हुर्मत लिने काम सुरु भयो” !


प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केही नेताहरुबाट आफ्नो र सरकारको हुर्मत लिने काम सुरु भएको आरोप लगाएका छन्।केन्द्रीय समिति बैठकको माग गर्दै पार्टीका १८ जना केन्द्रीय सदस्यहरुले बुझाएको ज्ञापनपत्रका सम्बन्धमा अप्रत्यक्ष टिप्पणी गर्दै ओलीले यस्तो आरोप लगाएका हुन्।

‘केही केन्द्रीय सदस्यहरुले ज्ञापन पत्र बुझाएका रहेछ, यो कुरा मैले सबैभन्दा पहिले मिडियाबाट थाहा पाएँ’ बालुवाटारस्थित आफ्नो सरकारी निवासमा बिहीबार पार्टी केन्द्रीय सचिवालय बैठकको अध्यक्षता गर्दै ओलीले भने, ‘जसरी हुन्छ, मेरो हुर्मत लिने काम सुरु भएको छ, यो काम पार्टीभित्रैबाट पनि हुन थालेको छ।’स्रोतका अनुसार, १८ केन्द्रीय सदस्यहरुको ज्ञापन पत्रले आफू र सरकारको मात्र होइन, परिवर्तनबाट प्राप्त उपलब्धिको समेत हुर्मत लिने काम गरेको संकेत ओलीले गरेका थिए।सरकारको मात्र होइन, परिवर्तनबाट प्राप्त उपलब्धिकै हुर्मत लिने कामपनि पार्टीभित्रैबाट हुन थाल्यो’ ओलीको भनाई थियो, ‘पार्टीभित्रैबाट यस्तो हुनु चिन्ताजनक कुरा हो।’

केन्द्रीय समिति बैठकको माग गर्दै केन्द्रीय सदस्यहरुले बुझाएको ज्ञापनपत्रमाथि ओली नकरात्मक रुपमा प्रस्तुत भएपछि वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायत नेताले ‘केन्द्रीय सदस्यहरुले उठाएका एजेण्डाहरुमाथि छलफल गरौँ’ भनेका थिए।पार्टी एकता, सरकारको काम कार्वाहीबारे छलफलको एजेण्डा छँदैछ’ श्रेष्ठले भनेका थिए, ‘तपाईंले पार्टी अनुशासनको कुरा पनि उठाउँदै आउनु भएको छ। त्यसैले, सरकारको काम कारवाही, पार्टी एकता, केन्द्रीय सदस्यहरुको माग र तपाईंले उठाउनु भएको पार्टी अनुशासनको विषयलाई पनि बैठकको एजेण्डामा राखेर छलफल गरौँ।’ओलीले केन्द्रीय सदस्यहरुको मागप्रति असन्तुष्टि र अन्य नेताहरुले उपरोक्त विषयलाई पनि बैठकको एजेण्डा बनाउनुपर्ने माग गरेपनि त्यस विषयमा हिजोको बैठकमा थप छलफल चाहिँ भएन।हिजोको बैठकमा प्रदेश कमिटीलाई पूर्णता दिन गठन गरिएको कार्यदलको प्रतिवेदन पेश हुनुका साथै त्यस सम्बन्धमा छलफल भएको थियो। बैठक आजपनि बस्ने कार्यक्रम छ।

 

प्रकाशित मिति   :