घरमा मन्दिर कहाँ र कुन दिशामा बनाउदा राम्रो होला ? ज्योतिष हरिहर अधिकारीको सुझाव हेर्नुस्


काठमाडौं। नेपाली समाजमा घरमा मन्दिर हुनुलाई धार्मिक तथा परम्पराको दृष्टिकोणले हेर्ने गरिन्छ। प्रायजसो घरमा मन्दिर हुने गर्छ। घरमा मन्दिर राख्दा, घरमा भगवानले वास गर्छन्, भूतप्रेत टाढा भाग्छन् भन्ने मान्यता छ।गाउँघर तिर तुलसीको मठलाई आँगनमा बनाइन्छ र त्यहीँ पूजा गर्ने गरिन्छ। यसको साथै घरभित्र पनि भगवानका मूर्तिहरू राख्ने गरिन्छ। तर पनि मन्दिर कहाँ राख्ने भन्ने कुरामा मानिसहरू अलमलमा परेका हुन्छन्।

आधुनिक जीवनशैली अनुसार, आधुनिक समय अनुसार बनेका आधुनिक घरमा यो समस्या अझ बढी हुन्छ। मानिसहर कसैले भुइँमा मन्दिर राख्नु शुभ मान्छन्, कसैले भित्तोमा त कसैले कौसीमा।
युवा ज्योतिष हरिहर अधिकारीले घरमा मन्दिर राख्ने ठाउँको बारेमा सुझाव दिएका छन् । उनका अनुसार उत्तरपूर्व तिरको कुनाको दिशामा मन्दिर बनाउनुपर्छ। थप जानकारीको लागि हेर्नुहोस् भिडियो

प्रकाशित मिति   :