चर्चित क्रिकेटर गौतम गम्भीर भाजपामा प्रवेश


नयाँ दिल्ली । लोकसभा निर्वाचनअघि भारतका पूर्व क्रिकेटर गौतम गम्भीर भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् ।
उनलाई केन्द्रीय मन्त्री तथा वरिष्ठ नेता अरुण जेट्लीले नेता रविशंकर प्रसादको उपस्थितिमा पार्टी प्रवेश गराएका हुन् । उनलाई आगामी निर्वाचनमा कुन सिटमा चुनावको टिकट दिइन्छ भन्ने विषय प्रष्ट भएको छैन ।

यद्यपि उनलाई दिल्लीबाट लोकसभा सदस्यका लागि उठाउन सक्ने अनुमान गरिएको छ । यो सिटमा हाल मिनाक्षी लेखी सांसद छिन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीको भिजनबाट प्रभावित भएर आफू भाजपामा गएको बताएका छन् ।

गत सिजन आईपीएलमा दिल्लीबाट खेलेका उनी यसपटक टिममा अटाएनन् । गम्भीर सन् २०११ को विश्वकप र सन् २००७ को टी–२० क्रिकेटमा भारतलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनले भारतका लागि कुल ५८ टेस्ट र १ सय ४७ वान डे क्रिकेट खेलेका छन् । उनले टेस्टमा ४ हजार १५४ र वान डेमा ५ हजार २३८ रन बनाएका छन् ।

 

प्रकाशित मिति   :