मोबाइल फोनबाट निस्कने रेडियसनबारे बृहत सेमिनार हुदै


भरतपुर । विनायका ट्रेड कन्सर्न भरतपुरको आयोजनामा आइतबार मोबाइल फोनबाट निस्कने रेडियसन र त्यसले स्वास्थ्यमा पार्ने प्रभाव तथा बच्ने उपायका विषयमा बृहत सेमिनार हुने भएको छ ।

कन्सर्नका अध्यक्ष विकास पौडेलको अध्यक्षता एवम् उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानको प्रमुख आतिथ्यतामा हुने सेमिनारमा भारतका रेडियसनसम्बन्धी जानकार विनोद आनन्दले मोबाइल फोनबाट निस्कने रेडियसनबारे विस्तृत जानकारीसहितको कार्यपत्र प्रस्तुत गर्नेछन् ।

विशेष अतिथि आनन्दले रेडियसनले स्वास्थ्यमा के कस्तो असर पार्छ र त्यसबाट कसरी बच्न सकिन्छ भन्नेबारे समाधानका उपायहरु सुझाउने छन् । दुईघन्टासम्म चल्ने सेमिनारमा रेडियसन प्रतिरोधी उपकरण पनि प्रस्तुत गरिने भएको छ ।

आइतबार दिउँसो ३ बजेदेखि भरतपुर गार्डेन रिसोर्टमा सुरु हुने उक्त सेमिनारमा निःशुल्करुपमा जानकारी प्रदान गरिने अध्यक्ष पौडेलले जानकारी दिए ।

प्रकाशित मिति   :