पोखरामा “वर्तमान आर्थिक सामाजिक संरचना र समृद्धिकाे यात्रा” सम्बन्धी बहस हुदै


सुनौलो नेपाल – आउदो वैशाख १४ नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा मदन भण्डारी फाउन्डेसन कास्की पोखराले पाेखरा सभागृहमा “वर्तमान आर्थिक सामाजिक संरचना र समृद्धिकाे यात्रा” सम्वन्धी बृहत  बहस  आयोजना गर्ने भएकाे छ ।

करिव दुई हजार जनाको उपस्थितिमा आयोजना गर्न लागीएको सो गाेष्ठीकाे प्रमुख अतिथिमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पाेखरेल, बिशेष अतिथिमा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ, र अतिथिहरुमा पुर्वमन्त्री जनार्दन शर्मा, विष्लेषक तथा चिन्तक प्रदिप गिरी र डा चैतन्य मिश्र मुख्य वक्ता रहने भएका छन् ।

फाउन्डेसनले गत फाल्गुण २२ गते देखि “गण्डकी प्रदेशको समृद्धिको आधार” भन्ने शिर्षकमा चलाएको बहसले गण्डकी प्रदेशका बुद्दिजीवी राजनैतिककर्मी व्यवसायी र आम सर्वसाधारणको मन जित्न सफल भएको थियो ।

सबैमाझ लोकप्रिय बनेपछि फाउन्डेसनले पाेखरा महानगरपालिकाका सबै वडाहरुमा संगठन विस्तार र प्रशिक्षणकाे अभियानलाई तिव्रता दिदै पाेखरा महानगरपालिका वडा नं २० मा गत चैत्र ९ गते शनिवार एक बृहत् कार्यक्रमका विच लोकप्रिय पोखरेली नेता स्व.रविन्द्र अधिकारीकाे स्मृतिमा वृक्षरोपण गरी करिव एक सय पचास जना भन्दा बढीलाई माक्सवाद, नेपाली समाजकाे विकासक्रम, जनताकाे वहुदलिय जनवाद सम्बन्धी प्रशिक्षण कार्यक्रम समेत आयोजना गरेको थियो ।

प्रशिक्षण कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य भिम कार्की, कास्की जिल्लाका पुर्वजिल्ला विकास समितिका सभापति पुण्यप्रसाद पाैडेल, पार्टीका प्रदेश कमिटी सदस्य दिलिप विक्रम शाही र फाउन्डेसनका जिल्ला अध्यक्ष माधब बास्ताेलाले प्रशिक्षण दिनु भएकाे थियाे । साेहि भेलाले महानगरपालिकाको वडा नं २० मा केशव खत्रीकाे अध्यक्षतामा वडा फाउन्डेसन समिति समेत गठन गरेकाे थियो ।

साेहि दिन नै पाेखरा महानगरवालिका वडा नं २९ मा सुविदार चन्द्रबहादुर गुरुङकाे संयाेजकत्वमा वडा आयोजक समिति र १२ गते वडा नम्बर १६ र २२ मा चित्र थापा र अर्जुन वरालकाे संयाेजकत्वमा आयोजक कमिटी गठन गर्दै वडा नम्बर २२ मा वडा अध्यक्ष मित्रलाल वराल सहित सात जनाकाे सल्लाहकार कमिटी पनि चयन गरेको छ ।

त्यसैगरी भुमिगत अवस्थामा सेल्टर दिएका, जनयुद्ध र जनआन्दाेलनमा घाइते, अपांग, सहिद परिवारलाई वडा ५ को समितिले सम्मान पनि गरेको थियो सम्मानमा सहिद राजविक्रम भुर्तेल र छवि अधिकारीकाे परिवार देखि सेल्टरदातासम्म गरी पैतीस जना सम्मानित भएका थिए।

प्रकाशित मिति   :