Advertisement

पोखरालाई ललितपुरले हरायो, फाइनल प्रवेशका लागि अब भैरहवासँग भिड्ने


Advertisement

पुस १२, काठमाडौं । ललितपुर प्याट्रि‌ओट्स एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा बुधबार भएको एलिमिनेटरमा पोखरा राइनोजलाई २७ रनले पराजित गर्दै ललितपुरले दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको हो।

अब उसले फाइनल प्रवेशका लागि भोलि बिहीबार भैरहवा ग्लाडिएटर्ससँग खेल्नेछ । भैरहवालाई हराउँदै विराटनगर वारियर्स फाइनलमा पुगिसकेको छ ।

ललितपुरले दिएको १ सय ३९ रनको लक्ष्य पछ्याएको पोखरा १९ दशमलब १ ओभरमा १ सय ११ रनमा अलआउट भयो।

यसको सुरुवात निकै खराब रहृयो । ओपनर इर्शाउल्लाले सम्हालिएर खेल्ने प्रयास गरेपनि अन्य ब्याट्सम्यानले साथ दिन सकेनन् । ३४ रन जोड्दा ६ विकेट गुमायो ।

कप्तान शक्ति गौचनले १३ बल खेलेर ८ रन मात्र बनाउन सके। सौरभ खनाल पनि ५ रन बनाएर खेलिरहँदा दिपेश भण्डारीबाट बोल्ड भए। विनोद भण्डारी २ रनमै पेभिलियन फर्के। ६ बल खेलेका भण्डारीलाई सन्दीपले कुशल भुर्तेलबाट क्याच गराए। विक्रम शोव पनि ८ रनमा आउट भए ।

किशोर महतोले २३ र शुसन भारीले १७ रन बनाए । तेल वली १० रनमा अविजित रहे ।

ललितपुरका लगि सनी पटेलले नटआउट ३८ रन जोडे। उनले २६ बलमा २ चौका र ३ छक्का प्रहार गरे। यस्तै, दिपेश भण्डारीले नटआउट १९ रन जोडे। उनले १७ बलमा १ चौका हिर्काए । दिपेश र सनीले छैटौं विकेटका लागि ६२ रनको साझेदारी गरेका थिए।

त्यसपछि ललितपुरले लगातार विकेट गुमायो र कुल ७६ रन बनाउँदा ५ विकेट गुमाइसकेको थियो । तर, सन्नी पटेल र दिपेश भण्डारीले छैटौं विकेटका लागि अविजित ६२ रनको साझेदारी गरे । पटेल ३८ र भण्डारी १९ रनमा अविजित रहे ।
उसका लागि शंकर रानाले ३४ रन जोडेका थिए ।

प्रकाशित मिति :

Advertisement

Loading…

Advertisement