Advertisement

कप्तान पारस खड्काले तेस्रो अन्तर्राष्ट्रिय शतक प्रहार गरेर देखाइदिए चमत्कार


Advertisement

फागुन ३, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले तेस्रो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन्। उनी नेपालका लागि तेस्रो शतक बनाउने पहिलो खेलाडी हुन्।

नामिबियामा भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत युएई विरुद्धको खेलमा पारसले शतक प्रहार गरेका हुन्। उनले खेलमा नटआउट १ सय १२ रन जोडे। उनले १ सय ३ बल खेल्दा ३ चौका र ८ छक्का प्रहार गरे।

यद्यपी खेलमा नेपाल ७ रनले पराजित भयो। पराजयसँगै नेपाल उपविजेतामै सीमित बन्यो। अन्तिम ओभरमा युएईलाई पराजित गर्न २८ रन चाहिएको बेला पारसले अन्तिम ४ बलमा तीन छक्का प्रहार गरे पनि जितका लागि पर्याप्त हुन सकेन।

पारसले लिस्ट ‘ए’ को खेलमा ९ सय रन पूरा गरेका छन्। पारसको यो लिस्ट एको दोस्रो शतक हो। यसअघि उनले सन् २०१५ मा नामिबिया विरुद्ध दोस्रो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका थिए। कीर्तिपुर मैदानमा भएको खेलमा पारसले ९४ बलमा ५ चौका र ७ छक्काको सहयोगमा १०३ रनको शतकीय पारी खेलेका थिए।

पारसले सन् २०१२ मा पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका थिए। उनले एसिसी ट्रफी इलाइटमा कुवेत विरुद्धको खेलमा १ सय ६ रन प्रहार गरेका थिए। खेलमा उनले ७७ बलमै शतक प्रहार गरेका थिए।

प्रकाशित मिति :

Advertisement

Loading…

Advertisement