Advertisement

प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग्दै आएका डा. गोविन्द केसीकै तीन ओटा जन्ममिति !


Advertisement

फागुन ९ , काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममितिमा प्रश्न उठाउँदै आएका प्रा. डा. गोविन्द केसी आफैं जन्ममिति विवादमा फसेका छन् ।

डा. केसीको नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक-फरक जन्ममिति भेटिएको हो ।

डा. केसीको नागरिकतामा जन्ममिति २७ असोज २०१३ छ भने एसएलसीको चारित्रिक प्रमाणपत्रमा २४ माघ २०१३ रहेको पाइएको छ । यस्तै उपप्राध्यापक रहँदा सहप्राध्यापकमा बढुवा हुनका लागि भरेको आवेदन फारममा जन्ममिति २७ मंसिर २०१३ उल्लेख छ ।

आफ्नो जन्ममितिलाई लिएर विवाद भएपछि डा. केसीले शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर त्रुटी स्वीकार गरेका छन् ।

प्राविधिक त्रुटीका कारण एसएलसीको चारित्रिक प्रमाणपत्रमा फरक जन्ममिति हुन पुगेको उनले बताए । उनले अघि भने, जहाँसम्म मैले बढुवाका लागि भरेको आवेदनहरुमा पर्न गएको फरक जन्ममितिको कुरा छ, तिनमा मानवीय त्रुटी भएको म स्वीकार गर्छु ।’

पराजुलीलाई चुनौती

डा. केसीले आफ्नो जन्ममितिबारे देखिएको त्रुटी सच्याउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । साथै आफूले जस्तै नागरिकता र शैक्षिक प्रमाणपत्र सार्वजनिक गर्न पनि प्रधानन्यायाधीश पराजुलीलाई चुनौती दिएका छन् ।

डा. केसीले आफ्नो जन्ममितिलाई लिएको भएको विवादले सुशासन र जवाफदेहिताका लागि चलाएको अभियानमा कुनै फरक नपर्ने पनि बताएका छन् ।

पराजुलीको पाँच वटा जन्ममिति भएको भन्दै डा. केसीको प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आएका छन् ।

हेर्नुहोस् डा. केसीको वक्तव्य

प्रकाशित मिति :

Advertisement

Loading…

Advertisement