Advertisement

ज्योति मगरको अहिले सम्मकै हट प्रस्तुतीमा यसरी कण्डम उडाए दर्शकले (भिडियो सहित)


Advertisement

ज्योति मगर — गाएर हिट कि देखाएर ? दोहोरो अर्थ लाग्ने यो लोकगीत प्रकाश कटवाल र श्रीदेवी देवकोटाले गाएका हुन् । जस–अपजसको पहिलो भागीदार हुनुपर्ने पनि उनीहरू नै हो । तर, भिडियोमा छोटा कपडा लगाएर कम्मर मर्काउने ज्योति मगर चर्चा र विवादको केन्द्रमा रहिन् । सामाजिक सञ्जालदेखि चिया पसलसम्म ज्योतिका बारेमा नानाथरी टिप्पणी सुनिन्छन् । दुई साताको बीचमा युट्युबमा गीत १० लाखपटक हेरिसकिएको छ, जसले सुपरहिट भएको प्रमाणित गर्छ तर ज्योति भने चौतर्फी आलोचनाको सिकार भएकी छन् ।

आलोचना कुन हदसम्म भएको छ भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले शब्द र भिडियो अत्यधिक अश्लील र नेपाली समाजमा अपाच्य भएको ठहर नै गरेको छ । २९ साउनमा चितवनमा कार्यक्रम नै आयोजना गरेर प्रतिष्ठानका अध्यक्ष अम्मर विरही गुरुङले सरकारसँग तत्काल यो गीतको प्रसारण रोक्न आग्रह नै गरे ।

अमेरिकामा बस्ने लोकगायक रामप्रसाद खनाल त ज्योतिको मामलामा अझ क्रूर देखिए । लोकगीत पवित्र क्षेत्र भएकाले आफ्नो नग्नता र उत्ताउलोपनले दूषित पार्ने धृष्टता नगर्न उनले फेसबुकमार्फत आग्रह गरेका छन् । उनले लेखे, ‘देखाएकै भरमा हिट हुने भूत चढेको हो भने तिमीलाई ‘नीला फिल्म’ खेलेर चर्चित हुन झन् छिटो होला ।’ यस्ता चर्काे आलोचना खेप्नु परिरहेका बेला २७ साउनमा ज्योतिले अर्को तनाव झेल्नु पर्‍यो, जब बालाजुमा गीत सुटिङ गर्दा–गर्दै स्थानीय महिलाले उनलाई पिटेको हल्ला भाइरल बन्यो ।

पछिल्लो डेढ वर्षमा उनले पटक–पटक यस्ता स्क्यान्डलको सामना गर्नुपरेको छ । एनटीभी प्लसमा उत्ताउलो लुगा लगाएर वक्षस्थल देखाएको भन्दै अन्तर्वार्ता रोकिएपछि उनी एकाएक चर्चामा आइन् । त्यसपछि गीत गाउँदा गाउँदै जापानमा दर्शकले हातपात गरेको र दुबईमा झडप भएको खबरले ज्योतिको छवि थप धुमिल्यायो । ‘ढाडे बिरालो…’ गीतको भिडियोसम्म आइपुग्दा उनलाई ‘गाएरभन्दा देखाएर’ हिट हुन खोजेको गम्भीर आरोप लाग्ने गरेको छ ।

उनले एउटा कार्यक्रममा त कन्डमा उडाएर समेत प्रस्तुति दिएकी छन् |

हेर्नुहोस भिडियो

प्रकाशित मिति :

Advertisement

Loading…

Advertisement