Advertisement

मुख्यमन्त्री पोखरेलले गरे प्रदेश ५ मा तीन बटा महानगर बनाउने घोषणा, कुन कुन परे (सुची सहित)


Advertisement

फागुन २१, बुटवल । प्रदेश पाँचका मूख्यमन्त्री शंकर पोखरेलले स्थानीय तहलाई जनताको पहिलो सरकारका रुपमा सुविधासम्पन्न बनाउनुपर्नेमा जोड दिनुपर्ने बताएका छन् । उनले स्थानीय तहलाई सेवाकेन्द्रका रुपमा विकास गर्दै नयाँ मापदण्डसहितको मिनि सिंहदरबार बनाउने गरी अगाडि बढ्नुपर्ने बताए ।

बुटवल उपमहानगरपालिकाको दोस्रो नगरसभाको विधानसभालाई सोमबार सम्बोधन गर्दै उनले वडा कार्यालयदेखि नगर, उपमहानगर र महानगरसम्मका कामहरुलाई स्मार्ट र आधुनिक बनाउनुपर्नेमा जोड दिए ।

बुटवल ऐतिहासिक, प्रचूर सम्भावनायुक्त र मुलुककै प्रमुख केन्द्रका रुपमा रहेको उल्लेख गर्दै उहाँले यस्लाई अझ व्यवस्थित र आधुनिकतासहितको स्मार्ट सिटी बनाउन जरुरी रहेको बताए । बुटवललाई हरियालीसहितको अनुसन्धान केन्द्र, अध्यय्न पार्कहरु र उत्पादनका क्षेत्रहरुसहितको व्यवस्थित महानगरका रुपमा विकास गर्नेगरी यहाँका अरु स्थानीय तहरुलाईसमेत समेटेर अगाडि बढ्न जरुरी रहेको उनको भनाइ थियो । ‘बुटवललाई मुलुककै आधुनिक र व्यवस्थित सहरका रुपमा छुट्टै पहिचान दिनेगरी विकास गर्नुपर्ने छ’ मुख्यमन्त्रीले भने, ‘यसैले आधुनिक सहरका लागि प्रष्ट खाका बनाउनुस् ।’

संविधानले प्रत्याभूत गरेका अधिकारहरुलाई व्यवहारिक बनाउन कानुन जरुरी रहेको भन्दै उनले कानुन निर्माणको क्रममा रहेको बुटवललाई सफलताको शुभकामना पनि दिए । कानुनको निर्माण नगरी सुशासन सम्भव नहुने उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले आजको भोलि भन्दा पनि कम्तिमा आउँदो २० वर्षसम्मको अवस्थाको मूल्यांकन गर्दै योजना बनाउन सुझाव दिए ।

‘हरेक संरचना निर्माणका लागि गहन अध्ययन गर्नुस्, २० वर्षपछिसम्म शोंच्नुस् र त्यहि किसिमको दिगो विकासका लागि योजना बनाउनुस्’ मुख्यमन्त्री पोखरेलले सोही खालका संरचना बनाउन अहिल्यैदेखि पहल थाल्न सुझाव दिए ।

मुख्यमन्त्री पोखरेलले बुटवल ऐतिहासिक, प्रचूर सम्भावनायुक्त र मुलुककै प्रमुख केन्द्रका रुपमा रहेको उल्लेख गर्दै यस्लाई अझ व्यवस्थित र आधुनिक बनाउनु पर्नेमा जोड दिए ।

मुख्यमन्त्रीले प्रदेश ५ मा तीन बटा विशेष महानगर बनाउने खाकासमेत बनाइरहेको बताउनुभयो । यी मध्ये पहिलो र व्यवस्थित बुटवल नै बन्ने भन्दै उहाँले यहाँका अरु स्थानीय तहको नेतृत्वसमेत बुटवलले गर्नुपर्ने बताए । अर्को महानगर दाङ उपत्यका र त्यहाँका उपमहानगर, नगरपालिकाहरु समेटेर बनाउने र त्यहाँ कुनै पहिचानका काम गरिने उनको भनाइ थियो । त्यस्तै अर्को नेपालगञ्ज, कोहलपुर बर्दियासहितको विशेष महानगर बनाउने गरी अवधारणा अघि सारेको बताए ।

विधेयकहरु छलफलमा

उपमहानगरपालिकाको फागुन १० गते बिहीवारबाट सुरु भएको दोस्रो नगरसभा तथा प्रथम विधान सभामा विभिन्न ९ वटा विद्येयकहरु प्रस्तुत भएका थिए । उप९महानगरपालिकाका प्रवक्तारामप्रसाद रेग्मीका अनुसार बुटवल नगरकार्यपालिकाको प्रशासकीय कार्यविधि ९नियमति गर्न बनेको० विधेयक(२०७४, नगर शिक्षा विधेयक९२०७४, नगर सहकारी विधेयक(२०७४ सम्बन्धमा, कृषि व्यवसाय प्रवद्र्धन विधेयक(२०७४, फोहरमैला व्यवस्थापन विधेयक(२०७४ र औद्योगिक व्यवसाय विधेयक(२०७४, प्रस्तुत भएका छन् ।

यस्तै निर्माण व्यवसाय विधेयक९२०७४ तथा सार्वजनिक निजी साझेदारी विधेयक(२०७४ र सार्वजनिक निजी साझेदारी नीति(२०७४ प्रस्तुत भएका छन् । यिनै विधेकहरु माथि सुझाव मागेको उपमहानगरपालिकाले जनाएको छ ।
बुटवल उप९महानगरपालिको संयोजकत्वमा अन्य स्थानिय तहहरुस“ग छलफल गरी संवैधानिक कार्यक्षेत्र र परिवर्तित सन्र्दभमा प्राप्त भएका जिम्मेवारीबमोजिम विभिन्न साझा तथा एकल ऐन कानुन तथा कार्यविधिहरुको निक्यांैल गर्दै कानून निर्माणसम्बन्धी कामको समेत कार्य विभाजन भइसकेको नगरप्रमुख शिवराज सुवेदीको भनाइ छ ।

प्रकाशित मिति :

Advertisement

Loading…

Advertisement