Advertisement

दाङ आएका मुख्यमन्त्रि पोखरेलले स्थायि राजधानी र अस्थायी राजधानी बुटवल बारे यस्तो भनेपछि….


Advertisement

फागुन २३, दाङ । पाँच नम्बर प्रदेशका मुख्यमन्त्रि शंकर पोखरेलले स्थायि मुकाम नतोकिदासम्म अस्थायि मुकाम बुटवल बस्ने बताएका छन् ।

नेकपा एमाले दाङले बुधवार पार्टि कार्यालय भरतपुरमा आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा वोल्दै मुख्यमन्त्रि पोखरेलले प्रदेश सभाले स्थायि मुकाम नतोक्दासम्म आफ्नो बसाई अस्थायि मुकाम बुटवलमा हुने बताएका हुन् । ‘स्थायि मुकाम नतोक्दासम्म अस्थायि मुकाम बुटवलमा नै बसाइ हुन्छ, जुन दिन प्रदेश सभाले स्थायि मुकाम तोक्छ, त्यसपछि स्थायि मुकाममा स्थानान्तरण हुन्छ–पोखरेलले भने–‘राजधानि नभए पनि विकास हुन्छ भन्ने कुराको भावना जागृह गर्न आवश्यक रहेको छ, राजधानि मात्रले विकास हुदैन ।’

राजधानि वारे मुख खोल्दै एमाले स्थायी कमिटि सदस्य समेत रहेका पोखरेलले राजधानि नभए पनि विकास र समृद्धिको एजेण्डाहरुले आफुहरुले नछाड्ने बताए । एमाले जिल्ला अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा वोल्दै प्रमुख अतिथिसमेत रहेका पोखरेलले पार्टि एकताले छिट्टै ठोस रुप लिने बताए । उनले जनताको वहुदलीय जनवाद नै एकिकृत पार्टिको सिद्धान्त हुने भन्दै सकभर महाधिवेसन पुर्व नै यो कुरा टुंगिने र सम्भव नभएमा महाधिवेसनमा लैजाने बताए ।

पार्टि एकता अहिलेको प्रमुख आवश्यक्ता भएको भन्दै एकतावाट कोही भाग्न नसक्नेसमेत दोहो¥याए । कार्यक्रमको सञ्चालन सचिव हिराचन्द्र केसिले गरेका थिए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुजिता शाक्यसहीत दाङका विभिन्न स्थानिय तहका जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।सो अवसरमा ५ नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेललाई एमाले दाङले स्वागत तथा अभिनन्दन गरेको थियो ।

प्रकाशित मिति :

Advertisement

Loading…

Advertisement