Advertisement

युवती कुट्ने बाबालाई छोड्न लगाउने मेयर सँग रबिको लाइभमै चर्काचर्की (भिडियो सहित)


Advertisement

फागुन २७, काठमाडौँ ।  नेपाल भर सवारी चालक अनुमति पत्र बनाउनका लागि सर्वसाधारण रातभर लाईनमा बस्छन् । तर, पनि पालो आउँदैन । लामो समय लाईनमा बसेपनि सवारी चालक अनुमति पत्र हातमा पर्न महिनौ कुनुर्पछ । तर, यातायात व्यवस्था कार्यालय वीरगञ्जमा भने पैसा हुुनेले न त लाइनमा बस्नुपर्छ न त कुनै परीक्षा नै दिनुपर्छ । कार्यालयका कर्मचारीलाई पैसा खुवाएपछि एकै व्यक्तिले धेरै भन्दा धेरै व्यक्तिको नाममा सवारी चालक अनुमति पत्र लिन सकिने तथ्य सार्वजनिक भएको छ ।

यो नारायणी यातायात व्यवस्था कार्यालय । जहाँ समस्या नै समस्या छ । यहाँ लाईसेन्स बनाउनका लागि पैसा भए पुग्छ । यातायात कार्यालय देखि विचौलिया र ट्राफिक प्रहरीसम्म पैसा खुवाएपछि सवारी अनुमति पत्र सजिलै प्राप्त गर्न सकिने प्रमाण फेला परेको छ । दुई पांग्रेको लाईसेंस दिदा आन्तरिक १० हजार लिने र विचौलियाले सेवाग्राही संग १५ हजार असुल गर्ने गरेको पाईएको छ । त्यसरी असुल गरिएको रकम मध्य २० प्रतिशत जिल्ला ट्राफिक र्कालयको भागमा छुटयाईएको गरेको समेत पाईएको छ । हाम्रो वीरगञ्ज व्युरोको टिमले गरेको स्टिङ अपरेसनमा यातायात कार्यालयमा रहेका विचौलियाले लाईसेन्समा हुने अनियमितताका बारेमा यसरी बताए ।

विचौलियाले परिक्षण फेल भएको सेवाग्राहीलाई समेत रकम असुल गरेर पास गराईदिने गरेको पाईएको छ । दुःखको कुरा त के छ भने अख्तियारले यस विषयमा कार्यालय पुगेर छापामार्दा समेत कुनै अनियमितता भएको नपाएपछि कर्मचारी भ्रष्टाचार गर्न थप हौसिने गरेका छन् । सवारीका साधन अनुमति पत्रका लागि विचौलियाहरु वीरगंजका साथै हेटौडा, नारायणगढ, पोखरा, कलैया, निजगढ, गौर लगायतका स्थानमा परिचालित छन । यस्तै वीरगंजमा संचालनमा रहेका ड्राईभिग ट्रेनिग सेन्टरले समेत ट्रेनिङ ं विना प्रति व्यतिm एक हजार देखि १५ सयसम्म रकम लिएर सर्टिफिकेट दिने गरेका छन् ।

सिक्दै न सिकी र परीक्षामा उत्तिर्ण नै नभए पनि सवारी अनुमति पत्र पाईने वीरगञ्जको यो यातायात व्यवस्था कार्यालयमा सरकारको ध्यान जान जरुरी छ ।

प्रकाशित मिति :

Advertisement

Loading…

Advertisement