Advertisement

दंगालीले मुख्यमन्त्री र सभामुख बनाएका महरा र पोखेरलले दाङ राजधानी बनाएर दंगालीको गुण तिर्लान ?


Advertisement

सम्पादकीय

काठमाण्डौ । हिजो मात्र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत पाए । प्रदेशसभाको आइतबारको बैठकमा पोखरेलले विश्वासको मत मागेका थिए । उनको पक्षमा ६६ मत परेको छ भने विपक्षमा १८ मत परेको थियो । एमाले प्रदेशसभा संसदीय दलका नेता पोखरेल माओवादीको समर्थनमा मुख्यमन्त्री बनेका थिए  उनी दाङ २ (क) बाट निर्वाचित भएका थिए ।

बैठकमा मुख्यमन्त्री पोखरेलले सबैलाई पाएक पर्ने ठाउँमा राजधानी बनाउने बताएका थिए । दाङमा राजधानी बनाउने एजेण्डासहित चुनाव प्रचार गरेका र चुनाब पनि जितेका पोखरेलले विश्वासको मत माग्दै सबैलाई पाएक पर्ने गरी राजधानी बनाउने समेत बचन दिए ।’निर्वाचन लड्दा प्रदेशको राजधानी  प्रमुख एजेन्डा बनाएका पोखेरलले भोट माग्दा दाङ राजधानी बनाउछु भनेर बाचा गरेका थिय तर आज भोलि त्यसको बारेमा कतै पनि बोलेको सुनिदैन ।

पोखेरल जहाँ जान्छन त्यहा उनले राजधानी को विषयमा मुख नै खोल्दैनन, जब कतै समर्थन र कतै भोट माग्नु पर्छ त्यति खेर मात्र राजधानीको कुरा गर्ने पोखेरलले के दाङ राजधानी बनाउलान त ?  दाङमा भोट माग्दा दाङ राजधानी,  बुटवलमा गएर सफत लिदा बुटवल राजधानी, विश्वासको मत लिदा पाएक पर्ने ठाउँमा राजधानी हैन प्रदेशको राजधानी कति ठाउँमा हुन्छ ? यो भनाइले ले अझै पनि प्रदेश राजधानी कहाँ भन्ने बारे अन्योल नै रहेको पुस्ठी हुन्छ ।

दाङ राजधानी बनाउछु भनेर पोखेरल मात्र हैन माओबादी केन्द्रका नेता कृष्णबहादुर महरा पनि थिय दाङ २ बाट बाम गठबन्धनको तर्फबाट उमेदवार बनेका र निर्वाचित बनेका महरा अहिले सभामुख समेत बनिसकेका छन् । तर उनीले पनि अहिले राजधानी दाङ बन्नुपर्छ भनेर बोलेको कतै सुनिएको  छैन । के चुनाबी एजेन्डा चुनाब जित्नकोलागि मात्र हो ?

महरा र पोखेरलले दंगाली जनतालाई भनेका थिय हामीलाई निर्वाचित बनाउनुहोस हामि तपाइको माग पुरा गर्नुको साथै दाङलाई प्रदेश राजधानी गर्दिनछौ | त्यही विश्वास गरेर दंगाली जनताले उनिहरुलाई अत्यधिक मतले विजयी गराए र  पोखरेल मुख्यमन्त्री र महरा सभामुख बने, जनताले त आफ्नो बाचा पुरा गरे अब महरा र पोखेरल ले के गर्छन त्यो भने दंगाली जनताले हेर्ने बेला आएको छ ।

(दैनिक पाना सम्पादक तिलक के सी)

प्रकाशित मिति :

Advertisement

Loading…

Advertisement